#चिनियाँ

पोखराको मान्द्रेढुङ्गाबाट चिनियाँ पाहुना टोलीले ग¥यो प्याराग्लाइडिङ

पोखराको मान्द्रेढुङ्गाबाट चिनियाँ पाहुना टोलीले ग¥यो प्याराग्लाइडिङ
पोखरा ५ बैशाख/ नयाँ वर्षको आगमनसँगै जहाज चार्टर गरेर नेपाल घुम्न आएका चिनियाँ पाहुना टोलीले पोखरा –२४ मान्द्रेढुंगाबाट प्याराग्लाइडिङ गरेका छन् । साहसिक खेलको रुपमा चिनिने प्याराग्लाइडिङ गर्न पोखरा आइपुगेकाका चिनियाँ पाहुनाको टोलीलाई गण्डकी प्र्रदेशका मुख्यमन्त्री खगराज अधिकारी र नेपाल हवाइ खेलकुद संस्था (ना) का अध्यक्ष सुनिलबहादुर भट्टराईले प्याराग्लाइडिङ गर्नु पूर्व स्वागत गर्नुभएको थियो । सो अवसरमा मुख्यमन्त्री अधिकारीले विभिन्न कारणले सुस्ताइरहेको पोखराको पर्यटनमा चिनियाँ टोेलीको आगमन र प्याराग्लाइडिङ लगायतका गतिविधिले पर्यटन प्रवद्र्धन हुने विश्वास व्यत्त गर्नुभयो । उहाँले प्याराग्लाइडिङसँगै… पुरा पढौ

पोखरामा ४६ लाख सहित तीन चिनियाँ र एक नेपाली पक्राउ

होटल ब्रज इन्
पोखरा, १६ असार/ कास्की प्रहरीले पोखराको ड्यामसाइडबाट करिब ४६ लाख रूपैयाँसहित तीन चिनियाँ र एक नेपाली पक्राउ गरेको छ । शंकास्पद गतिविधि भइरहेको सूचनाका आधारमा कास्की प्रहरीले बिहीबार छापा मार्दा ४५ लाख ९७ हजार १ सय ८० रूपैयाँसहित पक्राउ गरेका हुन् । पक्राउ परेका व्यक्तीहरूको साथबाट नियन्त्रणमा लिएको नगदको स्रोत उनीहरूले खुलाउन नसकेको कास्कीका प्रहरी प्रमुख रमेश थापाले जानकारी दिए । पक्राउ पर्ने ककनी गाउँपालिका– ७ का सुमन तामाङ र तीन जना चिनियाँ नागरिकको पहिचान खुलेको छैन । पक्राउ पर्ने… पुरा पढौ