पोखरामा ४६ लाख सहित तीन चिनियाँ र एक नेपाली पक्राउ

-


     क्लिक गण्डकी     
     असार १६ गते २०७९ मा प्रकाशित


होटल ब्रज इन्

होटल ब्रज इन्

पोखरा, १६ असार/ कास्की प्रहरीले पोखराको ड्यामसाइडबाट करिब ४६ लाख रूपैयाँसहित तीन चिनियाँ र एक नेपाली पक्राउ गरेको छ ।

शंकास्पद गतिविधि भइरहेको सूचनाका आधारमा कास्की प्रहरीले बिहीबार छापा मार्दा ४५ लाख ९७ हजार १ सय ८० रूपैयाँसहित पक्राउ गरेका हुन् ।

पक्राउ परेका व्यक्तीहरूको साथबाट नियन्त्रणमा लिएको नगदको स्रोत उनीहरूले खुलाउन नसकेको कास्कीका प्रहरी प्रमुख रमेश थापाले जानकारी दिए ।

पक्राउ पर्ने ककनी गाउँपालिका– ७ का सुमन तामाङ र तीन जना चिनियाँ नागरिकको पहिचान खुलेको छैन । पक्राउ पर्ने चिनियाँहरू दुई पुरुष र एक महिला हुन् ।

ड्यामसाइडस्थित बज्र इन होटलमा विगत करिब ६ महिनादेखि उनीहरूले कार्यालय सञ्चालन गरेका थिए । तामाङका नाममा खोलिएको डाइमण्ड टेक्नोलोजी कम्पनीले सफ्टवेयर निर्माण गर्ने र व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्य देखिएको देखाएका थिए ।

कम्पनीमा ८९ जना नेपाली कर्मचारी रहेको देखिएको छ । उनीहरूलाई प्रहरी अनुसन्धानका लागि आवश्यक पर्दा उपस्थित हुने सर्तमा छाडिएको छ । पक्राउ परेका व्यक्तिहरूबाट केही उपकरण समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।



Tags: ,