#गणेशप्रसाद तिमिल्सिना

आईपियुको १४७ औँ महासभा एङ्गोलामा शुरु

आईपियुको १४७ औँ महासभा एङ्गोलामा शुरु
लुवाण्डा, एङ्गोला, ७ कार्तिक/ अन्तर ब्यबस्थापिका संघ (आइपियु) को १४७ औं महासभा अफ्रिकी मुलुक एङ्गोलाको राजधानी लुवाण्डामा गएराती (सोमबार)देखि शुरु भएको छ । “शान्ति, न्याय र सशक्त निकायहरूका लागि संसदीय सक्रियता” भन्ने नाराका साथ शुरु भएको महासभाको भब्य समारोहका बिच उद्घाटन भएको छ । महासभा कार्तिक ६ देखि १० (अक्टोबर २३—२७) सम्म सञ्चालन हुने छ । महासभाको उद्घाटन समारोहमा गणतन्त्र एङ्गोलाका राष्ट्रपति जोआओ म्यानुएल गोनकालबे ल्युरेसन्सले शान्ति र प्रजातन्त्रका लागि सबै संसदबादीहरु एक ठाउँमा आउनु पर्नेमा जोड दिए । कार्यक्रममा… पुरा पढौ

बस दुर्घटनाका घाइतेको अबस्था बुझ्न अध्यक्ष तिमिल्सिना अस्पतालमा

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना
काठमाण्डौ, ८ भदौ/ राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले धादिङमा बुधबार भएको बस दुर्घटनाका घाइतेहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको छ । सम्माननीय अध्यक्ष तिमिल्सिनाले शुक्रबार काठमाण्डौका बिभिन्न अस्पतालमा पुगेर त्यहाँ उपचार गराई रहनुभएका घाइतेहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको हो । अध्यक्ष तिमिल्सिनाले ललितपुरमा रहेको क्रिष्ट मेडिकल कलेज, काठमाण्डौमा रहेको बयोधा लगायतका अस्पतालमा पुगेर उपचार गराई रहेका घाइतको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिदै स्वास्थ्य लाभको कामना गर्नुभयो । उहाँले घाइतेहरुको उपचारमा कुनै कमि आउन नदिन अस्पताल प्रशासन र स्वास्थ्यकर्मीलाई आग्रह… पुरा पढौ