पोखरा, १ बैशाख/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्थानीय तह, प्रदेश र संघ सरकारबीचको सम्बन्ध अझ मजबुत बनाउन सकेमा मुलुकको समृद्धि सम्भव रहेको बताएका छन् । नयाँ वर्ष विसं २०७९ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले कार्य सम्पादनका क्रममा भएका कमजोरीमाथि समीक्षा गर्दै प्रदेशको समृद्धिका लागि चाल्नुपर्ने कदमका बारेमा आम नागरिकको सुझाव र सल्लाहको अपेक्षा समेत प्रदेश सरकारले गरेको उल्लेख गरेका छन् । प्रभावकारी सेवा प्रवाह तथा सुशासन प्रदेश सरकारको पहिलो शर्त हो भन्दै मुख्यमन्त्री पोखरेलले संघीयताको…
पुरा पढौ