पोखरा, २२ साउन/ पोखरा महानगरपालिका र लक्ष्मी ग्रुप (लक्ष्मी फाउण्डेसन) बीच पोखराका ताल सरसफाई सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । तालको पानी कञ्चन बनाउने तथा तालमा रहेको जलकुम्भी झारलाई रोजगारीसँग जोड्ने विषयमा दुई संस्थाबीच सम्झौता भएको हो । सम्झौता पत्रमा पोखरा महानगरपालिकाका तर्फबाट प्रमुख धनराज आचार्य र लक्ष्मी फाउण्डेसनको तर्फबाट अध्यक्ष गणेशबहादुर श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता अनुसार लक्ष्मी फाउण्डेसनले पोखरामा रहेका तालहरुको सरसफाई गर्नेछ । जस अनुसार फाउण्डेसनले तालको पानी निर्मलीकरण गरेर सफा र स्वच्छ बनाउने छ ।…
पुरा पढौ