पोखरा, १४ साउन/ राष्ट्रिय प्रजातन्त्र पार्टीले पोखराको पृथ्वीचोकमा चक्काजाम गरेर विरोध प्रदर्शन गरेको छ । नागरिकता विधेयक, एमसीसी, संघीयता खारेजी लगायतका २२ बुँदे माग सहित राप्रपाले १० मिनेट चक्काजाम गरी सरकारको ध्यानाकर्षण गराएको हो । प्रदर्शनसँगै पृथ्वीचोकमा १० मिनेट चक्काजाम आयोजना गरेको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको २२ बुँदे माग लागु गर्न आन्दोलनमा उत्रनुपरेको प्रवक्ता गिरीले जानकारी दिए । सर्वसाधारणलाई दुख दिन नभई आफुहरुले उठाएको माग बुझाउन र सरकारलाई दबाब दिन सांकेतिक…
पुरा पढौ