#मदरल्याण्ड मावि

पिइए इन्जिनियरिङ तथा आईटी क्वीजमा मदरल्याण्ड मावि उत्कृष्ट

पिइए इन्जिनियरिङ तथा आईटी क्वीजमा मदरल्याण्ड मावि उत्कृष्ट
पोखरा, ४ फागुन/ पिइए एशोसिएसन प्रालिले आयोजना गरेको इन्जिनियरिङ तथा आईटी क्वीजमा पोखराको मदरल्याण्ड माविले एकलौटी नतिजा हात पारेको छ । हालै भएको प्रतियोगितामा मदरल्याण्ड मावि गण्डकी प्रदेशमा उत्कृष्ट ठहरिएको छ भने क्वीजको अन्तिम चरणको प्रतिश्पर्धाका लागि मदरल्याण्ड माविका मात्रै पाँचवटा समूह छानिएका छन् । विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यका अनुसार गण्डकी प्रदेशस्तरको छनोटमा विभिन्न विद्यालयका १ सय ३७ वटा टिमले प्रतिश्पर्धा गरेका थिए । ती मध्ये अन्तिम आठवटा टिम प्रदेशबाट छानिएकोमा पाँचवटा टिम मदरल्याण्ड माविको रहेको उनले बताए… पुरा पढौ

मदरल्याण्ड माविका ६ कर्मचारीलाई दीर्घसेवा सम्मान

मदरल्याण्ड माविका ६ कर्मचारीलाई दीर्घसेवा सम्मान
पोखरा, २० माघ/ यहाँस्थित मदरल्याण्ड माविले ६ जना कर्मचारीलाई दीर्घ सेवा सम्मान प्रदान गरेको छ । शिक्षक तथा कर्मचारीको रुपमा २० वर्षदेखि कार्यरत उनीहरुलाई आइतबार सम्मान गरिएको हो । पोखरा महानगरपालिका–७, मासबारस्थित विद्यालयलमा गत शुक्रबारदेखि सुरु भएको तीनदिने वार्षिक सांस्कृतिक कार्यक्रमको अन्तिम दिन (आइतबार) उनीहरुलाई सम्मान गरिएको विद्यालयले बताएको छ । विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यका अनुसार विद्यायले हरेक वर्ष २० वर्ष कार्यकाल पुरा गरेका शिक्षक तथा कर्मचारीलाई दीर्घसेवा सम्मान प्रदान गर्दे आएको बताए । आचार्यका अनुसार यो पटक… पुरा पढौ

मदरल्याण्ड माविमा तीनदिवसीय वार्षिक सांस्कृतिक कार्यक्रम सुरु

मदरल्याण्ड माविमा तीनदिवसीय वार्षिक सांस्कृतिक कार्यक्रम सुरु
पोखरा, १८ माघ/ पोखरा महानगरपालिका–७, मासबारस्थित मदरल्याण्ड माविमा शुक्रबारदेखि तीनदिने वार्षिक सांस्कृतिक कार्यक्रम सुरु भएको छ । विद्यार्थीमा रहेको अन्तरनिहीत क्षमतालाई बाहिर ल्याउनका लागि विद्यालयले तीनदिन अवधिका लागि कार्यक्रम आयोजना गरेको हो । विद्यालयका प्राचार्य डा. नारायण बरालका अनुसार शुक्रबार पहिलो दिन नर्सरीदेखि कक्षा ३ सम्मका बालबालिकाका लागि कार्यक्रम आयोजना गरिएको थियो । दोश्रो दिन ४ देखि ८ कक्षासम्मका बालबालिकाले प्रतिभा देखाउनेछन भने अन्तिम दिन ९ देखि १२ कक्षासम्मका विद्यार्थीले कार्यक्रम पस्कनेछन् । विद्यार्थीमा रहेको अन्तरनिहीत क्षमतालाई बाहिर ल्याउनका लागि… पुरा पढौ

मदरल्याण्ड माविका १० विद्यार्थीलाई ४ जिपिए

मदरल्याण्ड माविका १० विद्यार्थीलाई ४ जिपिए
पोखरा, १३ असार/ माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८० को नतिजामा मदरल्याण्ड माविका १० जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएका छन् । पोखरा ७ मासबारस्थित मदरल्याण्डको यो नतिजा हालसम्म प्राप्त विवरणअनुसार नेपालमै उत्कृष्ट हो । नेपालभरबाट मात्र १८६ जनाले ४ जिपिए ल्याएका हुन् । ४ जिपिए ल्याउनेमा कृपा बराल, रेडियस पोख्ररेल, कनक अधिकारी, अपेक्षा ढुंगाना, आशीष बस्ताकोटी, कृपा गुरुङ, इक्वीटी पौडेल, अभ्यास वाग्ले, युनिका ढकाल र समीक्षा पहारी छन् । विद्यालयबाट १४६ जना परीक्षार्थीले भाग लिएकोमा ३.६० देखि ४ जिपिएसम्म ल्याउने… पुरा पढौ

मदरल्याण्डमा चार दिवसीय शैशिक सामग्री प्रदर्शनी

मदरल्याण्डमा चार दिवसीय शैशिक सामग्री प्रदर्शनी
पोखरा, ११ मंसिर/ मंसिर महिनालाई सामग्री निर्माण तथा प्रदर्शनीको महिनाका रूपमा मनाउँदै पोखराको मदरल्याण्डमा चार दिवसीय शैक्षिक सामग्री प्रदर्शनी आइतबार सम्पन्न भएको छ। दसै र तिहार बिदाको लामो समय लगाएर विद्यार्थीहरूले निर्माण गरेका सामग्रीहरू विद्यालयमा चार दिनसम्म प्रदर्शन गरिएका हुन्। विद्यालयमा पढाइ हुने प्रायस् सबै विषयका सामग्रीहरू प्रदर्शन गरिएको उक्त कार्यक्रममा बुधबार कक्षा नौ र दस, बिहीबार कक्षा छ, सात र आठ, शुक्रबार कक्षा चार र पाँच तथा आइतबार कक्षा एकदेखि तीनसम्मका विद्यार्थीहरूले प्रदर्शन गरेका थिए। कक्षामा पढेको सैद्धान्तिक ज्ञानलाई… पुरा पढौ

मदरल्याण्ड माविका ३ विद्यार्थीले कक्षा १२ मा ३.९६ जिपिए

मदरल्याण्ड मावि
पोखरा, ३१ साउन/ राष्ट्रिय परीक्षा वोर्डले मंगलबार सार्वजनिक गरेको कक्षा १२ को परीषमा पोखराको मदरल्याण्डका ३ जना विद्यार्थीले ३.९६ जिपिए ल्याएका छन् । गत बैशाखमा सम्पन्न परीक्षाको परीक्षफल अनुसार मदरल्याण्ड माविका विज्ञान संकाएका जीवन अधिकारी र कृतिका थापा र व्यवस्थापन संकाएका राजेश पौडेलले ३ दशमलव ९६ जिपिए ल्याएका विद्यालयका प्रिन्सिपल नारायण बरालले जानकारी दिए । परीक्षामा संलग्न विज्ञान समुहका २२६ र व्यवस्थापन समुहका १३० गरी ३५६ विद्यार्थीहरु मध्ये ३३९ विद्यार्थीहरु उतिर्ण हुन सफल भएको बरालले बताए । मदरल्याण्ड मावि एस… पुरा पढौ

सेन्ट जेभियर्सलाई पछि पार्दै मदरल्याण्ड च्याम्पियन बन्न सफल

सेन्ट जेभियर्सलाई पछि पार्दै मदरल्याण्ड च्याम्पियन बन्न सफल
पोखरा, ७ साउन/ प्रत्येक वर्ष बिसौँ हजार विद्यार्थीलाई इन्जिनियरिङ तथा आइटीको प्रवेश परीक्षाको तयारी गराउने संस्था पिइएद्वारा आयोजित हालै काठमाडौंमा सम्पन्न राष्ट्रव्यापी इन्जिनियरिङ तथा आइटी क्विज प्रतियोगितामा सेन्ट जेभियर्सलाई पछाडि पार्दै पोखराको मदरल्याण्ड मा।वि। च्याम्पियन बन्न सफल भएको छ। काठमाडौंको एड्भान्स इन्जिनियरिङ कलेज बल्खुमा शनिबार भएको उक्त प्रतियोगितामा देशभरिका करिब ३५० प्लस टुबाट छनोट चरण पार गरेका ४४ समूह अन्तिम प्रतियोगिताका लागि सहभागी भएका थिए। छनोट चरण गत वर्ष माघदेखि भएको बताइएको छ। उक्त प्रतियोगितामा च्याम्पियन हुने विद्यालय मदरल्याण्डबाट कक्षा… पुरा पढौ

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै सर्वोत्कृष्ट नतिजाको इतिहास कायम राख्दै मदरल्याण्ड

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै सर्वोत्कृष्ट नतिजाको इतिहास कायम राख्दै मदरल्याण्ड
पोखरा, १९ असार / शिक्षाको उज्यालो छर्दै देशदेखि विदेशसम्म आफ्नो पृथक पहिचान बनाएको पोखराको मदरल्याण्ड माध्यमिक विद्यालय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै सर्वोत्कृष्ट नतिजाको इतिहास कायम राख्दै अगाडि बढेको छ । यसले लिएको कार्यशैली तथा समसामयिक शिक्षण गतिविधिका कारण गुणस्तरीय प्रतिस्पर्धी शिक्षासँगै आफ्नो चौतर्फी विकासका लागि विद्यार्थीहरूले मदरल्याण्डलाई नै रोज्ने गरेको अभिभावकहरूको भनाइ छ । राष्ट्रिय शैक्षिक क्षेत्रमा दस जोड दुईपछिको उच्च शिक्षाअन्तर्गत यस विद्यालयबाट प्लस टु गरेका मेडिकलतर्फ एमविविएसमा हरेक वर्ष पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीहरूमध्ये सविन आचार्यले प्रवेश परीक्षामा… पुरा पढौ

विरौटामा धान रोपाई सिक्दै मदरल्याण्डका विद्यार्थीहरू

विरौटामा धान रोपाई सिक्दै मदरल्याण्डका विद्यार्थीहरू
पोखरा, १५ असार/ किताबमा पढेको ज्ञानलाई दैनिक जीवनसँग जोड्दै व्यावहारोपयोगी बनाउन पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयका विद्यार्थीहरू असार पन्ध्र तथा राष्ट्रिय धान दिवसको अवसर पारेर विरौटामा रोपाइँ बारेमा सिकेका छन् । कक्षा सात र आठका विद्यार्थीहरू प्रत्यक्ष सहभागी भई धानको उत्पादन कसरी हुन्छ र हाम्रो घरघरमा आइपुग्छ भन्ने कुरा जानकारी गराउँदै असारको महत्त्वमाथि प्रकाश पारिएको थियो । यसै अवसरमा विद्यार्थीहरू धान रोप्दै हिलो पनि खेलेका थिए । यसरी प्रयोगात्मक रूपमा खेतमा उपस्थित भएर धान रोप्न र हिलो खेल्न पाउँदा विद्यार्थीहरू निकै… पुरा पढौ

प्रदेश स्तरीय मदरल्याण्ड फुटसल प्रतियोगिताको उपाधि पायोनियर स्कुललाई

प्रदेश स्तरीय मदरल्याण्ड फुटसल प्रतियोगिताको उपाधि पायोनियर स्कुललाई
पोखरा, ३० जेठ/ प्रदेशस्तरीय मदरल्याण्ड फुटसल प्रतियोगिताको उपाधि स्याङजाको पायोनियर स्कुलले जितेको छ । पोखराको एसओएस स्कुललाई फाइनल खेलमा १–० गोलले पराजित गर्दै उपाधि जितेको हो । पायोनियरले नगद ३० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्दा एसओएसले नगद २० हजार मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।प्रतियोगितामा ज्ञानबगौचा स्कुल तनहुँले तेस्रो स्थान हात पार्द स्नोभ्यु हेम्जाले चौथो स्थान हात पा¥यो । ज्ञानबगौचाले नगद १० हजार सहित मेडल र प्रमाण पत्रप्राप्त गर्दा स्नोभ्युले नगद ५ हजार प्राप्त गर्न सफल भयो । एसईई… पुरा पढौ