#बिजुली

पैसा नतिरेपछि गण्डकीको भौतिक मन्त्रालयको बिजुली काटियो

बिजुली
पोखरा, १९ कात्तिक/ पैसा नतिरेपछि गण्डकी प्रदेश सरकार भौतिक तथा पूर्वाधार विकास मन्त्रालयको बिजुली आपूर्तिको लाइन काटिएको छ । विद्युत महसुल नबुझाएको भन्दै नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले आइतबार बिहान मन्त्रालयको बिजुली आपूर्ति बन्द गरिदिएको हो । नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रका अनुसार मन्त्रालयले ४ महिनादेखि महसुल तिरेको छैन । पटकपटक ताकेता गर्दा पनि महसुल नबुझाएपछि लाइन काट्नुपरेको प्रमुख राजीवकुमार सिंहले जानकारी दिए । सिंहका अनुसार मन्त्रालयले १ लाख ५३ हजार रुपैयाँ महसुल बुझाउन बाँकी छ । प्राधिकरणले… पुरा पढौ

लेखनाथदेखि पोखरासम्म बिजुलीको लाइन अन्डरग्राउन्ड

लेखनाथदेखि पोखरासम्म बिजुलीको लाइन अन्डरग्राउन्ड
पोखरा, २८ जेठ/ गण्डकी प्रदेशलाई उज्यालो प्रदेश बनाउने अभियानमा नेपाल विद्युत प्राधिकरणले सघाउने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँगको भेटमा शनिबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त प्रतिबद्धता जनाएका हुन् । मुख्यमन्त्री निवासमा भएको भेटमा गण्डकी प्रदेशमा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री हरिशरण आचार्य, प्रमुख सचिव रवीलाल पन्थ सहभागी थिए । उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले अरु प्रदेशभन्दा गण्डकीमा धेरै विद्युत उत्पादन हुने भए पनि कतिपय ग्रामीण भेगमा अझै पनि विद्युतीकरण हुन नसकेको स्मरण गराए ।… पुरा पढौ