#बलराम गौतम

बलराम गौतमको श्रद्धाञ्जली सभा

बलराम गौतमको श्रद्धाञ्जली सभा
पोखरा, ३ फागुन/ नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य बलराम गौतमको पाँचौ दिनको पुण्य तिथिमा नेकपा एमाले कास्कीले श्रद्धाञ्जली सभा गरेको छ । गत माघ २८ गते वीरगञ्जमा मृत फेला परेका गौतमको आज पाँचौ दिनको तिथिमा एमाले कास्कीले उनको निवासमा श्रद्धाञ्जली सभा गरेको हो । सभामा नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापाले स्वर्गीय बलरामले पार्टीमा पु¥याएको योगदान सधैं स्मरणीय रहने बताए । उनले बलरामप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा जनमा समवेदना प्रकट गरेका थिए ।… पुरा पढौ

पोखराबाट हराएका सहकारीकर्मी गौतम विरगञ्जमा मृत फेला

बलराम गौतम
पोखरा, २९ माघ/ पोखराका व्यवसायी तथा सहकारीकर्मी बलराम गौतम विरगञ्जमा मृत फेला परेका छन् । माघ २ गतदेखी सम्पर्कविहीन भएका गौतम शनिबार बिहान विरगञ्ज बसपार्कको पार्कमा मृत फेला परेको परिवारले जनाएको छ । गौतम सम्पर्कविहिन भएदेखीनै उनको खोजी गर्ने क्रममा भारतमा रहेको खुलेको थियो । गौतमले आफन्तलाई मोबाइलमा सन्देस लेखेर आफू भारतमा रहेको जानकारी दिएका थिए । उनी नेपाल आएपछि पार्कमा मृत फेला परेका थिए । उनलाई हृदयघात भएको आशंका गरिएको छ । सिसिटिभी फुटेजमा विरगञ्ज बसपार्कको पार्कमा ५ः३० बजे… पुरा पढौ