#फुटबल

बगर भाई खलक ‘सुपर भेट्रान’ फुटबल खेल्न भारत जाँदै

बगर भाई खलक ‘सुपर भेट्रान’ फुटबल खेल्न भारत जाँदै
पोखरा, २३ जेठ/ बगर भाई खलक ६० वर्ष माथीको ‘सुपर भेट्रान’ फुटबल खेल्न भारत जाने भएको छ । भारतको उत्तराखण्ड राज्यको देहरादुनमा जेठ २६ देखि २९ गते सम्म आयोजना हुने ‘प्रथम राष्ट्रिय मास्र्टस स्पोर्टस २०२३’ अन्तर्गत हुने ‘सुपर भेट्रान’ फुटबलमा सहभागिता जनाउन त्यस तर्फ जान लागेको हो । भारततर्फ प्रस्थान गर्न लागेको टोलीलाई वडा प्रहरी कार्यालय बगरले एक कार्यक्रम गरी बिदाई गरेको छ । बिदाई कार्यक्रममा आफ्ना भनाई राख्दै पोखरा महानगर पालिका वडा नं १ का अध्यक्ष सहारा प्रधानले जितको… पुरा पढौ

पोखरा–१४ लाई अन्तर वडास्तरीय फुटबलको उपाधि

पोखरा–१४ लाई अन्तर वडास्तरीय फुटबलको उपाधि
पोखरा, ११ जेठ/ पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १४ ले हात पारेको छ । पोखरा रंगशालामा बिहीबार भएको फाइनलमा वडा नम्बर १५ लाई ४–० गोलान्तरले हराउँदै वडा नम्बर १४ च्याम्पियन बनेको हो । आशिष कार्की, सिद्धान्त गुरूङ, प्रताप गुरूङ र यामबहादुर श्रेष्ठले गरेको गोलसँगै वडा नम्बर १४ ले उपाधि जितेको हो । यामबहादुर फाइनल खेलको म्यान अफ द म्याच घोषित भए । विजेता वडा नम्बर १४ को टिमले एक लाख ५०… पुरा पढौ

पोखरा–१४ र १५ वडास्तरीय फुटबलको फाइनलमा

पोखरा महानगरपालिका वडा स्तरीय फुटबल प्रतियोगिता तस्वीरः योगेन्द्र श्रेष्ठ
पोखरा, १० जेठ/ पोखरा महानगरपालिका वडास्तरीय फुटबल प्रतियोगिताको फाइनलमा वडा नम्बर १४ र १५ खेल्ने भएका छन् । बुधबार भएको दुई सेमिफाइनलमा जित निकालेका यी दुई वडा उपाधिका लागि मैदान उत्रने भएका हुन् । पहिलो सेमिफाइनलमा वडा नम्बर १५ ले वडा नम्बर ३० लाई २–१ ले हरायो । दोस्रो सेमिफाइनलमा वडा नम्बर १४ ले वडा नम्बर २७ लाई पराजित ग¥यो । वडा नम्बर १५ को जितमा विशाल गुरूङ र श्रीजन रञ्जितले एक–एक गोल गरे । वडा नम्बर ३० का सागर… पुरा पढौ

थ्री नेसन्स कप खेल्ने राष्ट्रिय टोलीमा पोखराका तीन खेलाडी

थ्री नेसन्स कप खेल्ने राष्ट्रिय टोलीमा पोखराका तीन खेलाडी
पोखरा, ७ चैत/ नेपालमा हुने थ्री नेसन्स कप खेल्ने नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीमा पोखराका तीन खेलाडी पर्न सफल भएका छन् । पोखराका रणदिप पौडेल, सुमित श्रेष्ठ (मेसि) र दिप कार्की परेका छन् । पौडेल र श्रेष्ठ पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् भने कार्की यस अगाडीबाट नै पर्दै आएका छन् । त्यसै गरी गण्डकी प्रदेशका बाग्लुङका कमल थापा पनि राष्ट्रिय टिममा परेका छन् । चारै जना मनाङ मस्याङदी क्लबबाट खेल्दै आएका छन् । बुधबार प्रधानमन्त्री थ्री नेसन्स कपमा लाओसविरुद्ध… पुरा पढौ

शितल ज्योति कपः विटी, रत्न, शितलज्योती, मिलनटोल,केआइसीवुन र एलजी एकता अघिल्लो चरणमा

तेश्रो शितल ज्योति कप अन्र्तगत आइतबार ६ खेल
पोखरा २२ फागुन / शितल्ज्योती युवा क्लब पोखरा—१२ को आयोजनामा पोखरामा जारी तेस्रो संस्करणको ‘शितलज्योति कप सेभेन ए साइड फुटबल’ प्रतियोगिता अन्तर्गत सोमबार छ खेल सम्पन्न भएका छन् । यही फागुन २० गतेदेखी अमरसिँहचौरमा सञ्चालन भइरहेको प्रतियोगितामा सोमबारको पहिलो खेलमा विटी क्लबले डेभिज फ्ल्स क्लबलाई २—१ गोलले पराजित गरी अघिल्लो चरणमा स्थान बनाएको छ । विटीले खेलको पहिलो हाफमा १ र दोस्रो हाफमा एक गरी दुई गोल गरेको थियो । संगम दर्जीले खेलको १३ औँ मिनेटमा गोल गरी अग्रता बनाएकामा… पुरा पढौ

तेश्रो शितल ज्योति कप अन्र्तगत आइतबार ६ खेल

तेश्रो शितल ज्योति कप अन्र्तगत आइतबार ६ खेल
पोखरा २१, फागुन/ तेश्रो शितल ज्योति कप सेभेन ए साइड फुटबल प्रतियोगितामा अन्र्तगत आइतबार पहिलो चरणका ६ खेलहरु सम्पन्न भएका छन्। शितल ज्योति युवा क्लवको आयोजनामा पोखराको अम्मरसिंह खेल मैदानमा आइतबार भएको खेलमा तिला फुटवल क्लव, दीप यूनाइटेड, इलाइट एफ.सी., भद्रकालि एफ.सी., बी थट्टीन र कमल पोखरी बीले जित हासिल गरेका छन्। आइतबारको पहिलो खेलमा तिला एफ.सी.ले जेम्स एफ.सीलाई ४—० को एकतर्फी फराकिलो गोल अन्तरले पराजित गर्यो । तिलाको जितमा अविशेक थापा, बादल रानाभाट, सन्जु मगर र रविन तामाङले गोल… पुरा पढौ

आयोजक गन्नी एफसीलाई फ्लो फ्लो कपको उपाधी

फ्लो फ्लो कप सेभेन ए साइड प्रतियोगितामा शुक्रबार क्वाटरफाईनलका खेल
पोखरा २० फागुन/ प्रथम फ्लो फ्लो कपको उपाधी आयोजक गन्नी एफसी निलोले जितेको छ । उपाधी संगै गन्नी एफसीले नगद २ लाख ११ हजार १ सय ११, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । फाइनल खेलमा निर्धारित समयमा १–१ को बराबरीमा सकिएपछि टाइब्रेकरमा ३–२ गोल अन्तरले सी फोर्टिन रत्नचोक एफसीलाई पराजित गर्दै उपाधी हात पारेको हो । खेलको पहिलो हाफमा रत्नचोकका मनोज नेपालीले गोल गर्दै अग्रता लिएको भएतापनि दोश्रो हाफमा भने रत्नचोक चुक्न पुग्यो । दोश्रो हाफको सुरुमा गन्नीका युनिक… पुरा पढौ

तेश्रो शितल ज्योति कपमा आयोजक शितल ज्योतिको विजयी सुरुवात

तेश्रो शितल ज्योति कपमा आयोजक शितल ज्योतिको विजयी सुरुवात
पोखरा, २० फागुन/ तेश्रो शितल ज्योति कप सेभेन ए साइड फुटवल प्रतियोगितामा आयोजक शितल ज्योति युवा क्लवले विजयी सुरुवात गरेको छ । पोखराको अम्मरसिंह खेल मैदानमा शनिबार भएको उद्घाटन खेलमा आयोजक शितल ज्योतिको जुनियर समुह बी टिम ले सागर फुटवल क्लवलाई टाईब्रेकरमा ३—१ को गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । २०/२० मिनेटको निर्धारित समयमा दुबै तर्फ एक/एक गोलले खेल बराबरीमा पुगे पछि खेल टाईब्रेकरमा धकेलिएको हो । शितल ज्योतिको जितमा टाईब्रेकरमा प्रतिक गुरुङ, गोपाल गुरुङ र प्रशान… पुरा पढौ

प्रथम फ्लो फ्लो कप फुटबल प्रतियोगितामा मंगलबार चार खेल

प्रथम फ्लो फ्लो कप फुटबल प्रतियोगितामा मंगलबार चार खेल
पोखरा, १६ फागुन/ पोखरा १३ माछापोखरीमा आयोजित गन्नी एफसी फुटवल क्लवद्धारा आयोजित ‘प्रथम फ्लो फ्लो कप’ सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता जारी रहेको छ । प्रतियोगितामा दोश्रो दिन चार खेल सम्पन्न भएको आयोजकले जनाएको छ । दोश्रो दिनको पहिलो खेलमा ढुुंगेसांघुु फुटवल क्लबले सिङदी लाई १–० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो । खेलमा ढुुंगेसांघुु का जय गुरुङले निर्णयक गोल गरेका थिए । त्यसैगरी दोश्रो खेलमा कमलपोखरीले पोखरा पसगाँउलाई ३–० को सोझो सेटमा पराजित गर्दै… पुरा पढौ

संगम कप विल स्मृति फुटबल प्रतियोगितामा मंगलबार भ्याली, ए-पेक्स र नव आर्दशको जित

संगम कप विल स्मृति फुटवल प्रतियोगितामा मंगलबार भ्याली, ए-पेक्स र नव आर्दशको जित
पोखरा ९, फागुन/ भ्याली स्पोटेर्स क्लव, ढिकुर पोखरीको ए-पेक्सको समुह र नव आर्दश सामुदायिक विकास समाजले पोखरामा जारी आठौं संस्करणको संगम कप विल स्मृति फुटवल प्रतियोगिता २०७९ को क्वाटरफाइनलमा प्रबेश गरेका छन्। पोखरा रंगशालामा मंगलबार भएको प्रि-क्वाटर फाइनल खेलमा जित हासिल गरेका तीन समुह नै क्वाटरफाइनलमा प्रबेश गरेको आयोजक संगम क्लवले जनाएको छ । पोखरा रंगशालाको बैकल्पिक फुटवल मैदानमा भएको पहिलो खेलमा भ्याली स्पोट्र्स क्लवले हेमजा यूनाइटेड क्लवलाई ३-० को सहज जित दर्ता गर्यो । भ्यालीको जितमा अजय श्रेष्ठले दुई… पुरा पढौ