पोखरा, १६ साउन/ पोखरा महानगरपालिका वडा नम्बर १२ कार्यालय परिसरमा निर्माण गरिएका विभिन्न संरचनाहरूको उद्घाटन गरिएको छ । परम्परागत शैलीमा निमार्ण भएको प्रवेशद्वार, फल्चा र सुन्दर बगैँचा लगायतको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुक्रबार उद्घाटन गरे । पोखरा महानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष सन्तोष बास्तोलाको नेतृत्वमा वडाका जनप्रतिनिधि, सरोकारवाला, निर्माण समिति लगायतको सक्रिय सहभागितामा करिब १ करोड ४० लाख रुपैयाँ लागतमा निर्माण गरिएका यी संरचनाहरू निकै आकर्षक रहेका छन् । यसले सेवाग्राहीहरूलाई समेत आराम गर्ने र सहज रूपमा सेवा…
पुरा पढौ