पोखरा, २५ माघ/ सूर्य नेपाल गाथा नेपाल लिटेचर फेस्टिभलको एघारौं संस्करण फागुन ३ देखि ७ गतेसम्म पोखरामा हुदैछ । बुकवर्म फाउन्डेसनको आयोजनामा पोखराको लेसाइडस्थित बाराहीघाट हुनेछ । फेस्टिभलका अघिल्ला संस्करण झैं यस वर्ष पनि देशविदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकार, सम्पादक एवम् विशिष्ट व्यक्तित्वको सहभागीता रहने आयोजक संस्थाले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । फेस्टिभलमा ५५ भन्दा बढी सेसन, साङ्गीतिक साँझ र थप रोचक सामग्री समावेश गरिनेछन् । फेस्टिभलमा दैनिक हजारौं साहित्यानुरागी भेला हुने आयोजकको…
पुरा पढौ