पोखरा, ७ पुस/ नेपाल लिटरेचर फेस्टिभलको दशौँ संस्करण पोखरामा सुरु भएको छ। करिब दुई सय वक्ता र हजारौँ सहभागीहरूको उपस्थिति रहने यस अन्तर्राष्ट्रिय फेस्टिभलको पहिलो दिन, उद्घाटन सत्रमा काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार तथा अर्थशास्त्री डा अच्युत वाग्लेले विद्वत्प्रवचन दिए। उनले नेपाल २०९० शीर्षकमा दिएको मन्तव्यमा नेपालले अपनाउनु पर्ने विकासको शैली र यहाँका सम्भावना एवम् राजनीतिक र सामाजिक नेतृत्वले लिनु पर्ने बाटाबारे चर्चा गरेका थिए। सरल रेखाको परिकल्पनामा अबको एक दशकपछिको नेपाल निःसन्देह आशावादी भएको उनको भनाई थियो । मुलुक अहिलेभन्दा धेरै…
पुरा पढौ