पोखरा, २७ असार/ गण्डकी बोर्डिङ स्कूलको प्रिन्सिपलमा डा. विश्वयुधिर पौडेल घर्ती नियुक्ति भएका छन् । पौडेललाई ‘छनोट उपसमिति’ले प्रिन्सिपलमा नियुक्त गरेको विद्यालय व्यवस्थापन समितिकी सदस्य विमला भण्डारीले जानकारी दिइन् । पोखरा विन्ध्यवासिनी निवासी उनी विद्यालयको पूर्व विद्यार्थी समेत हुन् । नदीपुरको पोखरा कलेज अफ म्यानेज्मेन्टका प्रिन्सिपल समेत भइसकेका उनले काठमाडौं विश्वविद्यालयबाट पिएचडी गरेका थिए । यसअघि वीरेन्द्र खड्काको ५ वर्षे कार्यकाल समाप्त भएपछि विद्यालयले गत २० जेठमा खुला प्रतिस्पर्धाबाट प्रिन्सिपल (११ औं तह) नियुक्तिका लागि दरखास्त आह्वान गरेको थियो ।…
पुरा पढौ