#टाईगर कप भलिबल

टाईगर कप भलिबलको मुख्य प्रायोजकमा एनसेल

पाँचौ संस्करणको टाइगर कप माघमा, थाईल्याण्डको टिम आउने
पोखरा, २७ पुस/ माघ दोस्रो साता आयोजना हुने पाँचौ संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्र्तराष्ट्रिय आमन्त्रित क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितालाई एनसेलले मुख्य प्रायोजन गरेको छ । मुख्य प्रायोजन गरेसँगै प्रतियोगिताको नाम पनि एनसेल टाईगर कप हुने छ । टाइगर गु्रप अफ पोखराका सचिव डिबी नेपालीका अनुसार एनसेलले मुख्य प्रायोजन गर्ने सम्झौता गरेसँगै प्रतियोगिताको नाम समेत एनसेल टाईगर कप राखिएको हो । टाइगर गु्रप अफ पोखराको आयोजना हुने प्रतियोगिताको पुरस्कार राशी बृद्धि गरिएको छ । बिधागत तर्फको पुरस्कार पनि… पुरा पढौ

तेस्रो टाईगर कप भलिबलको उपाधि गण्डकी र सशस्त्रलाई

तेस्रो टाईगर कप भलिबलको उपाधि गण्डकी र सशस्त्रलाई
पोखरा, १४ माघ/ तेस्रो टाईगर कप भलिबल प्रतियोगिताको पुरुष तर्फको उपाधि गण्डकी प्रदेश र महिला तर्फ एपिएफले जितेको छ । गण्डकीले सशस्त्र प्रहरी बललाई ३–२ सेटमा हराउदै दोस्रो पटक टाईगर कप भलिबलको उपाधि जित्न सफल भयो । गण्डकीले आर्मीलाई १६–२५, २५–१८, २५–१९, २८–२६ र १५–८ ले हरायो । गण्डकीले उपाधि सहित ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्दा एपिएफले २ लाख ५० हजार प्राप्त गर्यो । तेस्रो स्थानमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मीलाई हराउदै नगद १ लाख २५ हजार प्राप्त… पुरा पढौ

टाईगर कप भलिबलः महिला भलिबल उपाधि सशस्त्रलाई

टाईगर कप भलिबलः महिला भलिबल उपाधि सशस्त्रलाई
पोखरा, १४ माघ/ तेस्रो टाईगर कप भलिबल प्रतियोगिताको उपाधिमा सशस्त्र प्रहरी बलले जितेको छ । अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई ३–१ को सेटमा पन्छाउँदै उपाधि जितेको हो । टाईगर ग्रुपको आयोजनामा पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा शनिबार भएको फाईनलमा आर्मीमाथि सशस्त्रले जित निकाल्न चार सेट खेल्न पुग्यो । एपिएफले आर्मीलाई २५–२०, २२–२५, २५–८ र २५–२२ को सेटमा हरायो । सशस्त्रले ५ लाख रुपैयाँ नगद राशीको पुरस्कार प्राप्त गर्यो । आर्मीले २ लाख ५० हजार प्राप्त गर्यो । पुरा पढौ

टाईगर कप भलिबलः महिला तर्फ सशस्त्र र आर्मी फाइनलमा

टाइगर कप भलिबलः पुरुष तर्फ आर्मी र एपिएफ बिजयी, महिला तर्फ एपिएफ
पोखरा, १२ माघ/ तेस्रो टाईगर कप भलिबल च्याम्पियनसिप अन्तर्गत महिला तर्फको उपाधिको लागि सशस्त्र प्रहरी बलको एपिएफ क्बल र त्रिभुवन आर्मी सँग भिड्ने छ । टाईगर ग्रुपको आयोजनामा पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा भएको प्रतिस्पर्धामा सशस्त्रले गण्डकी प्रदेश टोलीलाई सोझो सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेको छ । सशस्त्रले गण्डकी प्रदेशको चुनौतिलाई २५–१३, २५–१७ र २५–२१ को सेटमा पन्छायो । यसैगरी दोस्रो सेमिफाईनल खेलमा न्यु डायमण्डको चुनौतिलाई त्रिभुवन आर्मीले २३–२५, २५–१३, २५–२२ र २५–१२ सोझो सेटमा पन्छाउँदै उत्कृष्ट पुनरागमन सहित… पुरा पढौ