#चुनाब

कास्की १ मा मनबहादुर र कास्की १ क मा खगराज जित नजिक

एमालेबाट मुख्यमन्त्री दाबेदार खगराज अधिकारले मनोनयन दर्ता गरे
पोखरा, ९ मंसिर/ कास्कीको निर्वाचन क्षेत्र १ मा नेकपा एमालेका उमेद्वार मनबहादर गुरुङको अग्रता कायमै रहेको छ । उनले २२ हजार ९ सय २६ मत प्राप्त गरेका छन् । त्यसै गरी नेपाली काग्रेसका किशोरदत्त बरालले २० हजार ३ सय ९ मत प्राप्त गरी मनबहादुरलाई पछ्याइ रहेका छन् । त्यसै गरी कास्की १ क मा नेकपा एमालेका खगराज अधिकारीले अग्रता कायमै राखेका छन् । अधिकारीले १२ हजार ८९ मत प्राप्त गर्दा नेकपा माओेवादीका दिपक कोइरालले ८ हजार ९ सय ९४ मत… पुरा पढौ

कास्की ३ ख मा नेपाली काग्रेसका प्रकाश बराल विजयी

प्रकाश बराल
पोखरा, ९ मंसिर/ कास्की ३ ख प्रदेशसभा सदस्यमा नेपाली काग्रेसका उमेद्वार प्रकाश बरालले बिजयी भएका छन् । उनले नेकपा एमालेका उमेद्वार राजीब पहारीलाई ४ सय ६५ मतले पछि पार्दै विजयी भए । बरालले १२ हजार ३ सय ६७ मत प्राप्त गर्दा पहारीले ११ हजार ९ सय २ मत प्राप्त गरे । राप्रपाका हरिराम भण्डारीले २ हजार ५ सय ६० मत प्राप्त गरे । यो क्षेत्रमा ४८ हजार ८ सय ५३ मतदाता रहेकोमा २८ हजार ७ सय ७९ मत खसेको थियो… पुरा पढौ

कास्की ३ मा एमालेका दामोदर पौडेलले विजयी

दामोदर पौडेल ‘वैरागी’
पोखरा, ९ मंसिर/ कास्की निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका नेता दामोदर पौडेल ‘वैरागी’ निर्वाचित भएका छन् । वैरागीले नेकपा माओवादीका रामजीप्रसाद बराल ‘जीवन’लाई ५ हजार ४ सय ४५ मतले पछि पार्दै निर्वाचत भए । बैरागीले २२ हजार ९ सय ८० मत प्राप्त गर्दा बरालले १७ हजार ५ सय ३५ मात्र मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले १२ हजार १ सय ८० मत प्राप्त गरे । पुरा पढौ

कास्की ३ ख मा प्रकाशलाई ६ सय ३८ मतको अग्रता

प्रकाश बराल
पोखरा, ८ मंसिर/ कास्की ३ ख मा नेपाली काग्रेसका उमेद्वार प्रकाश बरालले अग्रता लिएका छन् । उनले नेकपा एमालेका उमेद्वार राजीब पहारीलाई ६ सय २८ मतले पछि परेका हुन् । अन्नपुर्ण गाउँपालिका, पोखरा ५, ६ र २२ को गणना गर्दा ६ सय २८ मतले प्रकाशले अग्रता लिएका हुन् । प्रकाशले ९ हजार ७ सय १ मत र राजीब पहारीले ९ हजार ६३ मत प्राप्त गरे । अब पोखरा २३ र २४ को मतगणना गर्न बाँकी छ । पुरा पढौ

कास्की ३ ख मा प्रकाशको अग्रता

प्रकाश बराल
पोखरा, ८ मंसिर/ कास्की ३ ख मा नेपाली काग्रेसका उमेद्वार प्रकाश बरालले अग्रता लिएका छन् । उनले नेकपा एमालेका उमेद्वार राजीब पहारीलाई पछि परेका हुन् । अन्नपुर्ण गाउँपालिका, पोखरा ५ र ६ को गणना १ हजार १ सय १५ पछि परेका बरालले आफैन वडा पोखरा २२ मा पुग्दा अग्रता बनाएका हुन् । पोखरा २२ मा २४ सय मत गणना गर्दा १७ सय प्रकाश बराललाई र राजीब पहारीलाई ६ सय मत आएको छ । वडा नम्बर २२ मा १९ सय ५०… पुरा पढौ

कास्की ३ ख मा राजीब पहारीको ८ हजार भोट

राजीब पहारी
पोखरा, ८ मंसिर/ कास्की ३ ख मा नेकपा एमालेका उमेद्वार राजीब पहारीले अन्नपुर्ण गाउँपालिका, पोखरा ५ र ६ को गणना गर्दा ८ हजार मतल्याएका छन् । उनका निकटतम प्रतिद्धन्दी प्रकाश बरालले ६ हजार ८ सय ८५ मत प्राप्त गरेका छन् । पहारीले बरालले भन्दा १ हजार १ सय १५ मत बढि ल्याएका छन् । अब गणना गर्न पोखरा २२, २३ र २४ बाँकी छ । पुरा पढौ

कास्की १ मा मतअन्तर घटाउदै काग्रेस उमेद्वार किशोरदत्त बराल

किशोरदत्त बराल
पोखरा, ८ मंसिर/ कास्की १ मा मतअन्तर घटाउदै काग्रेस उमेद्वार किशोरदत्त बरालले नेकपा एमालेका उमेद्वार मनबहादुर गुरुङ सगँको मत अन्तर घटाउदै लगेका छन् । रुपा गाउँपालिकाको मतगणना हुदाँ सम्म २ हजार २२ मतले पछि परेका थिए । पोखरा ३२ को मतगणना गर्दा बरालले मत अन्तर घटाएर १ हजार ४ सय २९ मतमा झारेका छन् । कास्की १नेकपा एमाले मनबहादुर गुरुङ १७६२९नेपाली काग्रेस किशोरदत्त बराल १६२०० कास्की १ कनेकपा एमाले खगराज अधिकारी ६३२२नेकपा माओवादी दिपक कोइराला ४९१६ कास्की १ खनेकपा एमाले… पुरा पढौ

कास्की ३ मा मतअन्तर बढाउदै दामोदर बैरागी

पोखरा, ८ मंसिर/ कास्की ३ का नेकपा एमालेका उमेद्वार दामोदर पौडेल बैरागीले नेकपा माओवादीका रामजीप्रसाद बराल सगँको मत अत्तर बढाउदै लगेका छन् । पोखरा ५ को मतगणना भइरहदा मतअन्तर बढाउदै लगेका हुन् । कास्की ३नेकपा एमाले दामोदर पौडेल बैरागी १८१८७नेकपा माओवादी रामजीप्रसाद बराल जिवन १२७५९राष्ट्रिय स्वतन्त्र पार्टी योगराज पौडेल ९४१७ कास्की ३ खनेकपा एमाले राजीब पहारी ६५०४नेपाली काग्रेस प्रकाश बराल ५७५५मतअन्तर ७४९ पुरा पढौ

कास्की ३ ख मत अन्तर बढाउदै राजीब

राजीब पहारी
पोखरा, ८ मंसिर/ कास्की ३ ख मा नेकपा एमालेका राजीब पहारीले नेपाली काग्रेसका उमेद्वार प्रकाश बराल सगँ मतअन्तर बढाउदै लगेका छन् । पोखरा महानगरपालिका वडा ५ को गणना हुदाँ नेकपा एमाले राजीब पहारी ६ हजार ५ सय ४ मत प्राप्त गरेका छन् भने भने नेपाली काग्रेस प्रकाश बराल ५ हजार ७ सय ५५ मत प्राप्त गरेका छन् । उनीहरुको मतअन्तर ७ सय ४९ रहेको छ । पुरा पढौ

कास्की १ क मा खगराजको अधिकारीको अग्रता कायमै

खगराज अधिकारी
पोखरा, ८ मंसिर/ कास्की १ क मा नेकपा एमालेका खगराज अधिकारीको अग्रता कायमै छ । कास्कीको रुपा गाउँपालिका र पोखरा महानगरको वडा नम्बर ३२ मत गणना सकिदा खगराजको अग्रता कायमै छ । अधिकारीले ६ हजार ३ सय २२ मत प्राप्त गर्दा नेकपा माओवादीका दिपक कोइरालाले ४ हजार ९ सय १६ मत प्राप्त गरेका छन् । खगराज अधिकारी १ हजार ४ सय ६ मतले आगडी छन् । रुपा गाउँपालिकाको गणना हुदाँ अधिकारी २ हजार भन्दा बढि मतले अग्रता लिएका थिए । पुरा पढौ