#खगराज अधिकारी

कर्मचारीलाई कामको गति बढाउन मुख्यमन्त्री अधिकारीको निर्देशन

खगराज अधिकारी
पोखरा, ३० वैशाख/ गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सरकारप्रति जनताको आशा बढाउनको लागि स्पष्ट योजनाका साथ कार्यसम्पादन गर्नुपर्ने बताउनु भएको छ । आइतबार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आर्थिक वर्ष ०८०/०८१ को कार्य प्रगति विवरण सहितको छलफल कार्यक्रममा बोल्दै उहाँले कर्मचारीलाई कामको गति बढाउन निर्देशन दिनुभयो । ‘प्रदेशको औचित्य पुष्टि गर्ने कुरा तपाईको हातमा छ, कर्मचारीको प्रभावकारी कार्यसम्पादनले जनतामा आशा जगाउँछ’ मुख्यमन्त्री अधिकारीले भन्नुभयो । यसको लागि मन्त्री, सचिवदेखि कर्मचारीको कार्य प्रगति विवरण आफूलाई चाहिने उहाँले खुलाउनुभयो ।… पुरा पढौ

पोखरामा पर्यटक बढाउन प्रकृति र संस्कृति महत्वपूर्णः मुख्यमन्त्री अधिकारी

पोखरामा पर्यटक बढाउन प्रकृति र संस्कृति महत्वपूर्णः मुख्यमन्त्री अधिकारी
पोखरा, ३० वैशाख/गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रकृति र संस्कृतिको माध्यमबाट पोखरामा पर्यटकको आगमन बढाउन सकिने बताउनुभएको छ । शनिबार गण्डकी प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको तेस्रो वार्षिकोत्सव तथा श्रष्टा सम्मान कार्यक्रममा बोल्दै उहाँले त्यसका लागि साहित्य, संस्कृति र कला मार्फत विश्वभर सन्देश छर्दै गण्डकी प्रदेशलाई चिनाउनुपर्नेमा जोड दिनुभयो । पोखरा पर्यटनको राजधानी घोषणा भएपनि त्यसलाई साकार रुप दिनको लागि धेरैं काम गर्न बाँकी रहेको उहाँले खुलाउनुभयो । ‘पर्यटनको राजधानी घोषणा त भएको छ हामीले गर्नु धेरैं छ, पोखरा कला, संस्कृति र… पुरा पढौ

गण्डकीमा खगराज अधिकारी मुख्यमन्त्री

खगराज अधिकारी
सागर राज तिमिल्सिनापोखरा, २५ चैत/ गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले शपथ लिएका छन् । मुख्यमन्त्री अधिकारीलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार पद तथा गोपनियताको शपथ गराए । मुख्यमन्त्रीसँगै माओवादीका हरिबहादुर चुमान र स्वतन्त्र सांसद राजीब गुरुङ उर्फ दिपक मनाङेले विनाविभागीय मन्त्रीको शपथ लिए । आइतबार बिहान गण्डकी प्रदेश, एमाले संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । अधिकारीले नेकपा माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धिताल समेतको समर्थन लिएका थिए । विश्वासका मत लिने बेला सम्म… पुरा पढौ

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएनन्

खगराज अधिकारी
पोखरा, ९ बैशाख/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएनन् । शनिबार प्रदेश सभामा विश्वासको मत पाउँ भन्ने प्रस्ताव राखेका थिए । उनको प्रस्तावलाई प्रदेश सभाले अस्वीकृत गरेको छ । गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतको प्रस्ताव अस्वीकृत भएको घोषणा गरे । विश्वासको मत प्राप्त होस भन्ने पक्षमा २४ मत र विपक्षमा ३५ मत प्राप्त गर्दै अधिकारीले राखेको विश्वासको मत बहुमतले अस्वीकृत भएको घोषणा गरे । सरकार कायम राख्नका लागि ३१ सिट आवश्यक पर्दछ ।… पुरा पढौ

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिदै

गण्डकी प्रदेशसभा
पोखरा, ९ वैशाख/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिदै छन् । गत चैत १० गते माओवादीले अधिकारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आज विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिनका लागि आज दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा सरकारमा बहुमतका लागि ३१ सांसदको समर्थन आवश्यक पर्दछ । तर अधिकारीले विश्वासको मत नपाउने निश्चित छ । अधिकारीको पक्षमा नेकपा एमालेका २२ र राप्रपाका दुई सांसद मात्र छन्… पुरा पढौ

गण्डकी सरकारका सय दिने उपलब्धी– खेलाडीलाई सम्मानदेखि सडक पिच सम्म

खगराज अधिकारी
पोखरा, ८ बैशाख/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले १०० दिनका उपलब्धी १८ बुँदेमा शुक्रबार सार्वजनीक गरेका छन् । उनले १२ वटा मन्त्रालय घटाएर ७ वटा बनाएको उल्लेख गरेका छन् । मुख्यमन्त्रीमा नियुक्त भएपछि पदभार ग्रहण गर्दा अधिकारीले मिर्गौला रोगबाट पीडित बिरामीलाई निःशुल्क डायलासिस सेवा दिने निर्णय पनि उपलब्धीमा समेटिएका छन् । त्यसै गरी ४ जना क्रिकेट खेलाडीलाई ५० हजार नगदसहित सम्मान गरेको पनि उपलब्धीमा उल्लेख गरेका छन् । उपलब्धीमा प्रदेश निजामती सेवा ऐन, स्थानीय सेवा गठन तथा संचालन ऐन, नियमावली… पुरा पढौ

मिडियाले ओलीलाई प्रहार गरी राष्ट्रिय स्वाधिनतामा आक्रमणः मुख्यमन्त्री अधिकारी

मिडियाले ओलीलाई प्रहार गरी राष्ट्रिय स्वाधिनतामा आक्रमणः मुख्यमन्त्री अधिकारी
पोखरा, २० फागुन/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सञ्चार माध्यमले एमाले अध्यक्ष केपि ओलीलाई प्रहार गरेर राष्ट्रिय स्वाधिनतामाथि आक्रमण गरिरहेको बताएका छन् । प्रेस क्लब गण्डकीको शनिबार पोखरामा भएको अधिवेशनको उद्घाटन गर्दै अधिकारीले केपी ओलीलाई लक्षित गरी राष्ट्रिय स्वाधिनतामा आक्रमण भइरहेको बताए । उनले मिडियाले सबै भन्दा बढि ओलीलाई प्रहार गरेको बताउदै देशलाई अस्तिरता तर्फ लैजान खोजेको बताए । उनले देशमा अस्तिरता आउदा राजनीति, व्यवस्था, पत्रकारीता केही पनि बलियो नहुने बताए । प्रणाली बलियो नहुँदा सञ्चार जगत ज्ञानेन्द्रकालीन तानाशाहको आक्रमणमा… पुरा पढौ

पाँचौं सृजना कप भलिबल सुरु, दर्शकको मन जिते खेलाडी सधैँ बाँचिरहने- मुख्यमन्त्री

पाँचौं सृजना कप भलिबल सुरु, दर्शकको मन जिते खेलाडी सधैँ बाँचिरहने- मुख्यमन्त्री
पोखरा, १६ फागुन/ पोखरा रंगशालामा मंगलबारदेखि पाँचौं सृजना कप भलिबल सुरु भएको छ । प्रतियोगिता उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रतियोगिता सफलताको शुभेक्षा व्यक्त गरे । छोटो मन्तव्यमा उनले खेलका नियम पालना गर्दै अनुशासित ढंगले प्रतियोगितामा भाग लिन आग्रह गरे । उनले सम्पूर्ण दर्शकको मन जित्न सक्यो भने खेलाडी सदासदा बाँचिरहने बताए । ‘तपाईंहरु सबैले जित्नुहोस्,’ उनले भने, ‘पुरस्कार जित्ने एक होलान् तर सम्पूर्ण दर्शकको मन जित्न सक्यो भने खेलाडी सदासदा बाँचिरहन्छ ।’ गण्डकी प्रदेश सरकारतर्फबाट प्रोत्साहन हुने… पुरा पढौ

प्रदेशको सामथ्र्य बढाउने एकमात्र लक्ष्यः मुख्यमन्त्री अधिकारी

प्रदेशको सामथ्र्य बढाउने एकमात्र लक्ष्यः मुख्यमन्त्री अधिकारी
पोखरा, ९ फागुन / गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशलाई बलियो बनाउनु आफ्नो एकमात्र लक्ष्य भएको बताएका छन् । ‘प्रदेश सरकारलाई तपाईंले बलियो बनाउन सक्नुहुन्न भने,साझा अधिकारको विषयमा कानून नबनाउनु भनेको यो ( प्रदेश संरचना ) नै फालौं भनेजस्तो हुन्छ भनेर मैले प्रधानमन्त्रीलाई भनेको छु,’,पोखरा उद्योग वाणिज्य संघले सोमबार उनको सम्मानमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्रीले भने,‘अधिकार नदिने हो भने प्रदेश सरकार हिजोको जिल्ला विकास समिति र जिसस ( जिल्ला समन्वय समितिजस्तो हुन्छ ।’ उनले कर्मचारी समायोजनमा अझै समस्या रहेको पनि… पुरा पढौ

पब्लिक फोरके टेलिभिजनको नियमित प्रसारण सुरु

खगराज अधिकारी
पोखरा, ९ फागुन/ गण्डकी प्रदेशकै पहिलो फोरके प्रविधियुक्त पब्लिक टेलिभिजनको नियमित प्रसारण सुरु भएको छ । आइतबार साँझ एक कार्यक्रमका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले नियमित प्रसारणको उद्घाटन गरेका हुन् । नियमित प्रसारण उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले टिभीको नियमित प्रसारण सुरुआतसँगै गण्डकीको सञ्चार क्षेत्रमा नयाँ आयाम थपिएको बताए । ‘यसले आवाजविहीनहरुको आवाज बोल्ने मैले अपेक्षा राखेको छु,’ उनले भने, ‘पीँधमा रहेका वर्गलाई माथि ल्याउन भूमिका खेल्ने विश्वास छ ।’ राजनीतिकर्मी, उद्यमी, व्यवसायी तथा सञ्चारकर्मीहरुको बीचको एकता आजको आवश्यकता रहेको… पुरा पढौ