#कास्की कारागार

कास्की कारागारबाट फरार ८१ जना कैदी तथा थुनुवा पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्की
पोखरा, 3० असोज/ जिल्ला प्रहरी कार्यालय कास्कीले कास्की कारागारबाट फरार रहेका ८१ जना कैदी तथा थुनुवाहरूलाई पक्राउ गरेको छ । भदौ २३ र २४ गते आन्दोलन, तोडफोड तथा आगजनीका घटनापश्चात् कास्की कारागारबाट विभिन्न मुद्दामा थुनामा रहेका कैदीहरू फरार भएका थिए। त्यस पश्चात् कारागार विभागले असोज २० गतेसम्म स्वस्फूर्त रुपमा फर्किन अपिल गरेको थियो। सो म्यादसम्म कारागार नफर्किएका फरारलाई खोजतलास गरी पक्राउ गर्ने कार्य तीव्र पारिएको कास्की प्रहरीले जनाएको छ। प्रहरीको सक्रियता र अनुसन्धानपछि विभिन्न स्थानहरूबाट पक्राउ गरिएका कैदी र थुनुवाहरूलाई… पुरा पढौ

कास्की कारागारलाई आन्तरिक मामिला मन्त्रालयको २० लाख

कास्की कारागारलाई आन्तरिक मामिला मन्त्रालयको २० लाख
पोखरा, ३० फागुन/ गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले कास्की कारागारलाई २० लाख बजेट विनियोजन गरेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा थापाले कारागार तथा कैदीबन्दीको अवस्था र समस्या बारे बुझ्न सोमबार निरीक्षण गर्ने क्रममा भौतिक संरचना मर्मत संभार गर्न उक्त रकम विनियोजन गरेको बताउनुभयो । उहाँले उक्त बजेटबाट कारागारको भौतिक संरचना मर्मत तथा संभार तथा व्यवस्थापनमा खर्चिनुपर्ने उल्लेख गर्नुभयो । मन्त्री गाहामगरले सो बजेटबाहेक खेलकुदका समाग्री तथा लाइब्रेरीका लागि पुस्तक तथा ट्रिपाल उपलब्ध गराउने प्रतिबद्धता… पुरा पढौ