पोखरा, १ जेठ/ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले मुटु रोग उपचारको क्षेत्रमा महत्ववपूर्ण उपलब्धि हासिल गरेको छ । अस्पतालको मुटु रोग विभागले एकैदिन सात जना बिरामीको सफल ’एन्जियोप्लाष्टी’ गरि नयाँ रेकर्ड कायम गरेको छ । मुटुरोग विभाग इन्चार्ज बरिष्ठ कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा मनोज कोइराला नेतृत्वमा डा विशव बराल सहितले एकै दिन मुटुका ७ अप्रेसन गरेका हुन् । यस जटिल उपचार प्रक्रियाको क्रममा एक विशेष र दुर्लभ संयोग समेत देखिएको थियो । एकै परिवारका आमा र छोरा, जसलाई…
पुरा पढौ