#सराङकोट

सराङकोटको कैलाशेश्वरमा आरती, केवलकारबाट जादाँ छुट

सराङकोटको कैलाशेश्वरमा आरती, केवलकारबाट जादाँ छुट
पोखरा, २७ फागुन/ सराङकोटस्थित कैलाशेश्वर महादेव प्रागंणमा प्रत्येक सोमबार आरती पूजा हुने भएको छ । सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिले प्रत्येक सोमबार साँझ ५ बजेर ३० मिनेटदेखि आरती गर्ने निर्णय गरेको हो । त्यसमार्फत सराङकोट धामको थप प्रवद्र्धन हुने अपेक्षा गरिएको छ । आरतीमा सहभागी हुन सुलभ मूल्यमा केवलकारमा आउजाउँ व्यवस्था समेत मिलाइएको छ । केवलकारसँग समन्वयमा केवलकारबाट यात्रा गर्दा प्रत्येक सोमबार दिउँसो ४ बजेपछि साँझसम्म २५० रुपैयाँ तोकिएको समिति अध्यक्ष प्रेमबहादुर जिसीले जानकारी दिए । पोखराको लेकसाइडबाट… पुरा पढौ

सराङकोट महायज्ञमा भक्तजनको घुइचो, एकैदिन ४० लाख संकलन

सराङकोट महायज्ञमा भक्तजनको घुइचो, एकैदिन ४० लाख संकलन
पोखरा, २० फागुन/ सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव अन्त्यतिर आइरहदाँ भक्तजनको सहभागिता एवम् दान रकम हवातै बढेको छ । महायज्ञको छैटौं दिन आज सोमबार करिव २० हजार भक्तजनले यज्ञ अवलोकन गर्नुभएको छ । त्यहाँ आजमात्रै ४० लाख बढी दान संकलन भएको महायज्ञका कोषाध्यक्ष शिव कोइरालाले जानकारी दिनुभयो ।योसँगै हालसम्म यज्ञमा रु.१ करोड ५३ लाख बढी दान संकलन भएको छ । त्यहाँ सय बढी आमा समूह, टोल विकास संस्था तथा अन्य संघसंस्थाले सहयोग गर्नुभएको छ । पोखराका विभिन्न… पुरा पढौ

पोखराको सराङकोटमा श्रीमद्भागवत ज्ञान महायज्ञ र धार्मिक पर्यटन महोत्सव हुने

पोखराको सराङकोटमा श्रीमद्भागवत ज्ञान महायज्ञ र धार्मिक पर्यटन महोत्सव हुने
पोखरा, २९ माघ/ पोखराको सराङकोट धाममा विकास गरी यसपटक विशेष धार्मिक र पर्यटन गतिविधिको केन्द्र बन्ने भएको छ । फाल्गुन १४ गते (महाशिवरात्रि पर्व) देखि फाल्गुन २१ गते सम्म श्रीमद्भागवत ज्ञान महायज्ञ एवम् धार्मिक पर्यटन महोत्सव हुन लागेको मुल आयोजक समितिका अध्यक्ष प्रेम बहादुर जिसिले बताए । सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिको नेतृत्वमा २०६१ देखि वृहत गुरुयोजना मार्फत शिवमन्दिर, भ्यूटावर, १०८ शिव लिङ्ग, १०८ धारा, भुमे कालिका, गणेश मन्दिर, बहुउद्देशिय भवन कार्य सम्पन्न गरिएको र सोही दिन उद्घाटन गरिने… पुरा पढौ

सराङकोटको डाँडामा पञ्चमुखी गणेशको विशाल मूर्ति

सराङकोटको डाँडामा पञ्चमुखी गणेशको विशाल मूर्ति
पोखरा, २२ माघ/ पोखरा १८ सराङकोटमा पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले पञ्चमुखी गणेशको मूर्ति निर्माण भएको छ । करिब ६ करोडको लगानीमा सराङकोटको डाँडामा पञ्चमुखी गणेशको विशाल मूर्ति निर्माण भएको हो । ३० फिट अग्लो संरचनामा ३० फिट अग्लो मूर्ति स्थापना गरिएको छ । अन्नपूर्ण केबुलकार कम्पनी पर्यटक आकर्षित गर्नका लागि मूर्ति स्थापना गरेको हो भने सराङकोट धार्मिक एवं पर्यटन क्षेत्रविकास समितिको समन्वय गरेको छ । मूर्ति स्थापना हुने स्थानमा यसअघि कैलाशेश्वर महादेवको मन्दिर छ । सराङकोटबाट पोखरा बजारको सुन्दर दृश्य,… पुरा पढौ

सराङकोटमा ६ करोडमा पञ्चमुखी गणेशको मूर्ति निर्माण हुदै

पञ्चमुखी गणेशको मूर्ति
पोखरा, ७ कात्तिक/ पोखरा १८ साराङकोटमा पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले पञ्चमुखी गणेशको मूर्ति निर्माण गर्न लागिएको छ । करिब ६ करोडको लगानीमा साराङकोटको डाँडामा पञ्चमुखी गणेशको मूर्ति निर्माण गर्न लागेको हो । पञ्चमुखी गणेशको मूर्ति निर्माणको काम सुरु भइसकेको अन्नपुर्ण केबलकार निर्देशका तिर्थ त्रिपाठीले जानकारी दिए । ३० फिट अग्लो संरचनामा ३० फिट अग्लो मूर्ति स्थापना गरिने योजना रहेको बताए । उनले मूर्ति निर्माणको काम भारतमै हुने र त्यहाँबाट ल्याएर स्थापना गरिने बताए । करिब दुई अर्बको लगानीमा निर्माण भइ… पुरा पढौ