#सगरमाथा

सगरमाथा आरोहण गरे फर्किदै गर्दा पोखराका बिनोदबाबु बस्ताकोटीको निधन

बिनोदबाबु बस्ताकोटी
पोखरा, १६ जेठ/ सगरमाथा आरोहण गरे फर्किदै गर्दा पोखराका बिनोदबाबु बस्ताकोटीको निधन भएको छ । पोखरा २६ लेखनाथका बिनोद बाबु बस्ताकोटीको निधन भएको हो । जेठ ९ गते बिहान सगरमाथा आरोहण गरी फर्किने क्रममा सोही दिन साँझ ५ बजे तिर सगरमाथाको चौथो शिविरको माथि बालकुनीको तल लगभग ८२५० मिटरमा आई पुग्दा उनको मृत्यु भएको हो । उनका शेर्पा गाईड उपलब्ध गराएको कम्पनी पाईनयर एड्भान्चरबाट जानकारी दिएका थिए । उनको आधार शिविर व्यवस्थापन गर्ने कम्पनीको क्याम्प म्यानेजर कोही नहुँदा किचनका स्टापहरु… पुरा पढौ

सगरमाथा आरोही इन्स्पेक्टर सुरजलाई स्याङ्जामा नागरिक अभिनन्दन

सगरमाथा आरोही इन्स्पेक्टर सुरजलाई स्याङ्जामा नागरिक अभिनन्दन
पोखरा, १६ जेठ/ स्याङ्जाको आँधिखोला गाउँपालिकाले सशस्त्र प्रहरी, बल नेपालमा कार्यरत सगरमाथा आरोही प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरज पौडेललाई सम्मान तथा नागरिक अभिनन्दन गरेको छ । सशस्त्र प्रहरी बल, नेपालको इतिहासमा पहिलोपटक सगरमाथा चढेका पौडेललाई बुधबार गृहपालिका आँधिखोलामा दोसल्ला, सम्मान–पत्र, बाजागाजासहित सम्मान तथा अभिनन्दन गरिएको हो । नागरिक अभिनन्दनको क्रममा पौडेललाई आँधिखोला–५ सेतीदोभानदेखि आँधिखोला–२ चिलाउनेबाससम्म परिक्रमा गराइएको थियो । उनी चिलाउनेबासका बासिन्दा हुन् । अभिनन्दनपछि बोल्दै आरोही पौडेलले गाउँबाट पाएको मायाले आफ्नो खुसीमा थप ऊर्जा थपिएको सुनाए । सगरमाथा आरोहण सहज… पुरा पढौ

कामीरिता शेर्पा २७ औं पटक सगरमाथा चुचुरो चुम्दै कीर्तिमान

कामीरिता शेर्पा
पोखरा, ३ जेठ/ प्रख्यात नेपाली पर्वतारोही कामीरिता शेर्पाले कीर्तिमानी २७ औं पटक सगरमाथाको (८८४८.८६ मिटर) सफल आरोहण गरेका छन् । मंगलबार कीर्तिमानी आरोही कामीरिता शेर्पा २७ औं पटक सगरमाचाको चुचुरो चुमेर र फर्किएका छन् । आफ्नै विश्व रेकर्ड तोडेदै शेर्पाले मंगलबार बिहान ८ बजेर ३० मिनेटमा २७ औँ पटक सगरमाथाको शिखरमा पुगेको सरकारी प्रतिनिधि खिमलाल गौतमले जानकारी दिए । कामिरिता शेर्पाले २७ औं पटक सगरमाथा आरोहण गरी नयाँ विश्व रेकर्ड बनाएका छन् । सोलुखुम्बुका शेर्पाले अघिल्लो वर्ष २६ औं पटक… पुरा पढौ