#लेखनाथ महोत्सव

लेखनाथ महोत्सवमा दर्शक बढ्दै

लेखनाथ महोत्सवमा दर्शक बढ्दै
लेखनाथ, २१ पुस/ कास्कीको लेखनाथमा जारी २० औ संस्करणको लेखनाथ महोत्सवमा आमा तथा महिला समुह विच हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगितामा सोधिने महिला हक, अधिकार, कानुनका र समसामयिक प्रश्नमा उनिहरुको जवाफले माहोल निकै रोचक बन्ने गरेको छ । कुनै बेला आउने अप्रत्यासित जवाफ र झटारो जवाफले कार्यक्रम झनै रोचक बनेको हो । घरमा आफना बाबु नानीहरुको गृहकार्य सिकाउन ब्यस्त हुने आमाहरु अहिले महोत्सवमा आयोजित आमा तथा महिला समुहका विचको हाजिरी जवाफ प्रतियोगितामा सहभागि भएर साँझ विहान त्यसको… पुरा पढौ

लेखनाथ महोत्सवमा आर्कषणको केन्द्र बन्दै बुद्धको प्रतिमा

लेखनाथ महोत्सवमा आर्कषणको केन्द्र बन्दै बुद्धको प्रतिमा
लेखनाथ, २० पुस/ ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने नाराका साथ सुरु भएको २० औं संस्करणको लेखनाथ महोत्सवमा राखिएको बुद्धको प्रतिमा दर्शकहरुको आर्कषणको केन्द्र बनेको छ । हरेक संस्करणमा केही न केही नयाँ प्रयोगको माध्यमबाट दर्शकहरुको ध्यान तान्न सफल महोत्सवले यसपटक भने विश्व शान्तिको कामनाका साथ महोत्सव परिसरमा भगवान गौतम बुद्धको आर्कषक प्रतिमा स्थापना गरेको हो । महोत्सवमा स्थापना गरिएको प्रतिमाले बालबालिका देखी वृद्ध वृद्धाहरुसम्मको ध्यान खिच्न सफल भएको छ । प्रतिमामा सँगै फोटो खिचाउनेदेखी टिकटिक बनाउनेसम्मको… पुरा पढौ

पुष १८ गते देखि हुने २० औं लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा

पुष १८ गते देखि २० औं लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा हुने
लेखनाथ, १५ पुस/ लेखनाथ उद्योग वाणिज्य संघले पुष १८ गते देखि माघ १ गते सम्म आयोजना गरेको २० औ संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि भन्ने नाराको साथ आयोजना गर्न लागिएको महोत्सवको ९५ प्रतिशत तयारी पुरा भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ । पत्रकार सम्मेलनमा संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले लेखनाथ उद्योग वाणिज्य संघले २०५८ साल देखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल… पुरा पढौ

२० औं लेखनाथ महोत्सव तेस्रो साता देखी

२० औं लेखनाथ महोत्सव तेस्रो साता देखी
लेखनाथ, १७ मंसिर/ हरेक वर्ष जस्तै मेला तथा महोत्सव गर्दै ख्याति कमाएको लेखनाथ उद्योग वाणिज्य संघले पुस १८ गतेदेखि २० औँ संस्करणको लेखनाथ महोत्सव गर्ने भएको छ । पहिलो चरणमा तयारीका बारेमा जानकारी दिने उद्देश्यले सोमबार आयोजित पत्रकार सम्मेलनमा संघले पुसको १८ गते देखि माघ १ गते सम्म पोखरा २७ को तालचोकमा २० औँ संस्करणको लेखनाथ महोत्सव गर्न लागेको जानकारी गराइएको हो । कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले लेखनाथ उद्योग वाणिज्य संघले २०५८ साल देखि सुन्तला… पुरा पढौ

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन
लेखनाथ, ९ पुस / ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ विहिबारबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवको पाँचौ दिन सोमबार मात्रै ४० हजार दर्शकहरुले अवलोकन गरेका छन । सोमबार क्रिसमस डे बिदाको दिन समेत परेकाले महोत्सवमा दर्शकहरुको संख्या वढेको र यसले कारोबारमा समेत वृद्धि भएको महोत्सवका प्रचार प्रसार संयोजक उपेन्द्रराज सुवेदी राजु ले जानकारी दिए । सोमबार मात्रै १ करोड भन्दा माथी कारोबार भएको सुबेदीले जानकारी दिए । लेखनाथ उद्योग वाणिज्य संघ र… पुरा पढौ

आर्थिक गतिविधि बढाउन महोत्सवको योगदान महत्वपूर्ण हुनेः मुख्यमन्त्री पाण्डे

आर्थिक गतिविधि बढाउन महोत्सवको योगदान महत्वपूर्ण हुनेः मुख्यमन्त्री पाण्डे
लेखनाथ, ६ पुस / ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ लेखनाथमा विहिबारबाट १९औं संस्करणको लेखनाथ महोत्सव शुरु भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन हुने महोत्सवको एक समारोहका विच उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आर्थिक गतिविधि बढाउन महोत्सवको योगदान महत्वपूर्ण रहने बताए । मुख्यमन्त्री पाण्डेले कृषि उत्पादनमा अनुदान दिने प्रदेश सरकारको योजनामा सहभागी हुन अनुरोध गर्दै युवाहरू रहर या बाध्यताले विदेश जानुपरेको र पहाडी… पुरा पढौ

१९ औं लेखनाथ महोत्सवको तयारी पुरा

१९ औं लेखनाथ महोत्सवको तयारी पुरा
लेखनाथ, ५ पुस / ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ लेखनाथमा सञ्चालन हुन गईरहेको १९ औं संस्करणको लेखनाथ महोत्सवको तयारी पुरा भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन हुने महोत्सवको शतप्रतिशत तयारी पुरा भएको र विहिबार एक समारोहका विच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सवका मुल संयोजक एवं लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए । https://www.youtube.com/watch?v=qwMvesIQOZI&t=34s&ab_channel=GandakiNews पुष ५ गते… पुरा पढौ

१९ औं लेखनाथ महोत्सवको तयारी

लेखनाथ महोत्सवमा १२ करोड बढिको कारोबार, झण्डै ३ लाख दर्शकहरुद्धारा अवलोकन
पोखरा, १६ मंसिर /लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष ५ गते देखि १६ गते सम्म आयोजना गरेको १९ औ संस्करणको लेखनाथ महोत्सवको तयारी तिव्र पारिएको छ । महोत्सव सम्पन्न गर्नका लागी ९ सदस्यीय निर्देशक समिति, ४१ वटा उप–समिति र १ सय २० सदस्यीय कार्यसम्पादन समिति गठन गरि विभिन्न उप–समितिहरुसँगको छलफललाई तिव्रता दिईएको छ । हालसम्म ७० प्रतिशत स्टल बुकिङ भएका छन । महोत्सवमा रहने तिन सय ३४ वटा स्टल मध्ये शुक्रबारसम्म दुई सय ४० वटा स्टल बुकिङ भईसकेका छन ।… पुरा पढौ

लेखनाथ महोत्सवमा १२ करोड बढिको कारोबार, झण्डै ३ लाख दर्शकहरुद्धारा अवलोकन

लेखनाथ महोत्सवमा १२ करोड बढिको कारोबार, झण्डै ३ लाख दर्शकहरुद्धारा अवलोकन
लेखनाथ, १८ पुस/ पुस ७ गतेबाट लेखनाथमा आयोजित १८ औं संस्करणको लेखनाथ महोत्सव सोमबार सम्पन्न भएको छ । महोत्सव अवधिभर भएको कारोबार र दर्शकहरुको उपस्थीती अनुसार महोत्सव सोचेभन्दा पनि सफल हुने देखीएको महोत्सवका प्रचार प्रसार संयोजक राजेन्द्र ओझाले वताए । महोत्सव अवधिभर २ लाख ८५ हजार दर्शकहरुले अवलोकन गरेका छन भने महोत्सवमा कुल १२ करोड ३० लाख बराबरको कारोबार भएको छ । महोत्सवको २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र १० करोड बरावरको आर्थिक कारोवार हुने अनुमान गरेको भएपनि… पुरा पढौ

लेखनाथ महोत्सवमा ८५ प्रतिशत स्टल बुकिङ

लेखनाथ महोत्सवमा ८५ प्रतिशत स्टल बुकिङ
लेखनाथ, २४ मंसिर/ लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी पुस ७ गतेदेखि हुने ‘१८ औँ लेखनाथ महोत्सव’लाई सफल बनाउन लेखनाथका विभिन्न आमा समुहहरुले सघाउने भएका छन् । पुसको १९ गतेसम्म सञ्चालन हुने महोत्सवको विषयमा आयोजित छलफल कार्यक्रममा सहभागी विभीन्न आमा/महिला समुहका प्रतिनिधिहरुले आ–आफ्नो तर्फबाट सक्रियतापुर्वक सहभागी भई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन । कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सवका संयोजक छत्रधर आत्रेयले महोत्सवको तयारीका विषयमा जानकारी दिंदै यहाँका विभिन्न संघ संस्था र समुहहरुले आफ्नो महोत्सवको… पुरा पढौ