#रोपाई महोत्सव

यस वर्षको रोपाईं महोत्सब फेवाफाँटमा

यस वर्षको असारे रोपाईं महोत्सब फेवाफाँटमा
पोखरा, ८ असार/ पोखराको पर्यटन प्रबद्धन गर्ने उद्देश्यले हुदै आएको रोपाई महोत्सव यस वर्ष पोखरा महानगरपालिका वडा नम्बर २३ फेवाफाँटमा हुने भएको छ । पोखरा पर्यटन परिषद्को आयोजनामा करिब दुई दशक अगाडीबाट हुँदै आएको असारे रोपाईं महोत्सब पामे नजिक मार्गी तर्फको फेवा फाँटमा हुन लागेको हो । १९ औं रोपाईं महोत्सब स्थानीय आयोजकको रुपमा मार्गी बगर टोल बिकास संस्था पोखरा– २३ रहेको छ । महोत्सबमा धान रोप्ने सहित विभिन्न प्रतियोगिताहरु र मनोरन्जनात्मक कार्यक्रम हुने छन् । महोत्सबमा हिलो खेल्ने, हिलोमा… पुरा पढौ

पोखराको कसेरीमा १८ औं रोपाइँ महोत्सवको तयारी

पोखरामा रोपाई महोत्सवमा रमाए पर्यटक
पोखरा, १४ असार/ पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरा १३ कसेरीमा १८ औं संस्करणको असारे रोपाइँ महोत्सवको तयारी गरेको छ । असार १५ अर्थात धान दिवसको अवसर पारेर ‘पोखरा सबै मौसमका लागि’ भन्दै रोपाइँ महोत्सव गर्न लागेको हो । वर्षेनी आयोजना हुने रोपाइँ हरेक वर्ष फरक फाँटमा रोपाइँ महोत्सव गर्दै आएको छ । पोखरामा पर्यटन प्रवर्द्धन गर्न र धानखेती बारे नयाँ पुस्तालाई जानकारी दिने उद्देश्यले महोत्सव आयोजना गरेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिए । खेतीयोग्य जमिनको संरक्षण, कृषिलाई… पुरा पढौ