पोखराको कसेरीमा १८ औं रोपाइँ महोत्सवको तयारी

-


     क्लिक गण्डकी     
     असार १४ गते २०८० मा प्रकाशित


पोखरामा रोपाई महोत्सवमा रमाए पर्यटक

पोखरामा रोपाई महोत्सवमा रमाए पर्यटक

पोखरा, १४ असार/ पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरा १३ कसेरीमा १८ औं संस्करणको असारे रोपाइँ महोत्सवको तयारी गरेको छ । असार १५ अर्थात धान दिवसको अवसर पारेर ‘पोखरा सबै मौसमका लागि’ भन्दै रोपाइँ महोत्सव गर्न लागेको हो । वर्षेनी आयोजना हुने रोपाइँ हरेक वर्ष फरक फाँटमा रोपाइँ महोत्सव गर्दै आएको छ ।

पोखरामा पर्यटन प्रवर्द्धन गर्न र धानखेती बारे नयाँ पुस्तालाई जानकारी दिने उद्देश्यले महोत्सव आयोजना गरेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिए । खेतीयोग्य जमिनको संरक्षण, कृषिलाई व्यवसायीकरण गर्दै कृषकलाई पेशाप्रति अभिप्रेरित महोत्सव फलदायी हुने उनले बताए ।

यस वर्ष पोखरा–१३, महेन्द्र भण्डारीको ७ र विष्णु भण्डारीको ५ गरी १२ रोपनी क्षेत्रफलको खेतमा महोत्सव हुन लागेको बताए । मुख्य बालीको रुपमा परिचित धान खेती हुने क्षेत्रफल अहिले घटिरहेको छ ।

त्यसै गरी पोखरा २५ हेमजामा तेस्रो हिले महोत्सवको तयारी छ । देवीस्थान सेवा समाजले महोत्सवको आयोजनामा हुने महोत्सव रामबहादुर कुँवर, तुलसी पौडेल, डिल्लीराम नेपाली र कृष्णबहादुर कुँवरको ७ रोपनी खेतमा महोत्सव हुनेछ ।

महोत्सव अन्र्तगत उत्कृष्ट किसान सम्मान लगायत हिलोमा फुटबल, महिला पुरुष हिले दौड, रसि तान्ने, घैटो फुटाउने, धान रोप्ने, हल गोरु तथा जोडी दौड, हिले नाँच, माछा तथा भाले समाउने, असारे गीत, झाँकी लगायतका प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगितामा प्रथम र द्वितीय हुने व्यक्ति वा समूहलाई नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाइएको छ ।



Tags: ,