पोखरा, ३ फागुन/ माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनअनुसार विमानको बायाँतर्फको सीट (जुन मुख्य कमान्ड दिने ठाउँ हो) मा क्याप्टेन अञ्जु खतिवडा बसेकी थिइन् । प्रशिक्षक पाइलट कमल केसी दायाँतर्फ बसेका थिए । दायाँतर्फ सामान्यतया को–पाइलट बस्ने गर्छन् । ’खतराको संकेत प्राप्त भएपछि १०ः५७ः१८ बजे विमानको नियन्त्रण पीएफ (अञ्जु खतिवडा)ले पीएम (कमल केसी)लाई सुम्पेकी थिइन्,’ प्रतिवेदनमा भनिएको छ । त्यसक्रममा खतिवडाले इञ्जिनमा पावर नरहेको कुरा बताएको समेत प्रतिवेदनमा उल्लेख छ…
पुरा पढौ