पोखरा, १० साउन/ पोखरा विश्वविद्यालयले छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि ठूलो सङ्ख्यामा दरखास्त आव्हान गरेको छ । अनलाइन विधिबाट दरखास्त दिनसक्ने गरी विश्वविद्यालयले बुधबार सूचना प्रकाशित गरेको हो । विश्वविद्यालयमा सञ्चालित स्नातकतहका विभिन्न कार्यक्रममा १ हजार २ सय ९९ कोटाका लागि छात्रवृत्ति खुलाएको हो । विश्वविद्यालयले विज्ञान तथा प्रविधि सङ्काय अन्तर्गत सञ्चालित बिइ कम्प्यूटर, बिइ आर्किटेक्चर, बिइ सिभिल, बिइ सिभिल (रूरल), बिइ इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, बिइ इलेक्ट्रोनिक्स एण्ड कम्यूनिकेशन, बिइ सफ्टवेयर, बिइ आइटी र बिइ सिभिल डिप्लोमा होल्डर्स, बिसिए…
पुरा पढौ