पर्वत, ९ मंसिर/ कुस्मा-बाग्लुङ क्षेत्रलाई एडभेन्चर हबको रुपमा विकास गर्न सफल र अहिलेको प्रसिद्ध पर्यटकीय गन्तव्य द क्लिफ नेपाललाई आन्तरिक राजश्व कार्यालय, बाग्लुङले उत्कृष्ट करदाताको सम्मान गरेको छ । पर्वत जिल्लामा दर्ता रहेका करदाताहरू मध्ये सबैभन्दा बढी आयकर दाखिला गरेकाले राष्ट्रिय कर दिवस(२०८१को अवसरमा कार्यालयले सम्मान गरेको हो । कार्यालयका प्रमुख कर अधिकृत प्रमोद कुमार श्रीवास्तवले क्लिफका अध्यक्ष राजु कार्कीलाई कर दिवस(२०८१ का सन्दर्भमा आयोजित कार्यक्रममा सम्मानपत्र हस्तान्तरण गरेका हुन् । राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथी पर्वत…
पुरा पढौ