पोखरा, १ माघ/ नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको पोखरामा आइतबार भएको जहाज दुर्घटनामा परी निधन भएको छ । काठमाडौंबाट पोखरा आएको यति एयरलाइन्सको जहाज अवतरण हुन लाग्दा सेती खोंचमा दुर्घटनामा परेको थियो । पत्रकार पौडेल २०७७ फागुन ५ गते भएको नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनबाट निर्वाचित भई केन्द्रीय सदस्यमा बिजयी भएका थिए । पत्रकारमहा संघ गण्डकी प्रदेश समितिको संस्थापक अध्यक्ष, कास्की शाखामा उपाध्यक्ष र सचिवका रूपमा काम गरेका थिए । पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरू गरेका पौडेलले…
पुरा पढौ