
त्रिभुवन पौडेल
पोखरा, ३ माघ/ नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको अन्तेष्टि आज हुने भएको छ । पोखरामा आइतबार भएको जहाज दुर्घटनामा परी निधन भएका पौडेलको सोमबार साँझ पोष्टर्माटम भएपछि मंगलबार बिहान अन्तेष्टिको तयारी गरीएको हो ।
उनको शवलाई अस्पतालकाबाट घर लैजाने र घरबाट पत्रकार महासंघ कास्की श्रद्धान्जलीका लागि राखिने छ र आजै रामघाटमा अन्तेष्टि गर्ने तय भएको छ ।
काठमाडौंबाट पोखरा आउदै गरेको यति एयरलाइन्सको जहाज अवतरण हुन लाग्दा सेती खोंचमा दुर्घटनामा परेको थियो । पत्रकार पौडेल २०७७ फागुन ५ गते भएको नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनबाट निर्वाचित भई केन्द्रीय सदस्यमा बिजयी भएका थिए ।
पत्रकारमहा संघ गण्डकी प्रदेश समितिको संस्थापक अध्यक्ष, कास्की शाखामा उपाध्यक्ष र सचिवका रूपमा काम गरेका थिए । पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरू गरेका पौडेलले अन्नपूर्ण एफएम र नेपाल टेलिभिजनमा समते काम गरेका थिए ।
पोखरा हटलाइन दैनिक पत्रिकाको प्रकाशक र सम्पादकका थिए । पौडेल प्रेस सेन्टर नेपालका उपाध्यक्ष समेत हुन् । पौडेलका श्रीमती र एक छोरा छन् ।





