#तीज सांस्कृतिक महोत्सव

स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै सकियो तीज सांस्कृतिक महोत्सव

स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै सकियो तीज सांस्कृतिक महोत्सव
पोखरा, २७ भदौ/ पर्यटन व्यवसायी महिला संघ (टेवान) ले आयोजना गरेको तीज सांस्कृतिक महोत्सव स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै सकिएको छ । भदौ २५ देखि सोमबार सम्म लेकसाइडको कोमागाने पार्कमा आयोजना गरिएको महिला उद्यमी मेलामा गण्डकी प्रदेशका ११ वटै जिल्लाका स्थानीय उत्पादनको प्रवद्र्धन गरिएको थियो । पोखरा महानगरपालिकाको प्रवद्र्धन, पोखरा पर्यटन परिषद लगायतका संघसंस्थाको सहयोगमा सम्पन्न भएको महोत्सवमा राष्ट्रिय कलाकारको प्रस्तुति रहयो । हाजिरीजवाफ प्रतियोगिता, तीज गीत प्रतियोगिता, महिला दौड प्रतियोगिता लगायतका कार्यक्रमले महोत्सवको रौनकता थप्यो । महोत्सवको समापन दिन गण्डकी… पुरा पढौ

पोखरामा तीज सांस्कृतिक महोत्सव शुरु, उत्पादनलाई पर्यटन संग जोड्पर्दछ- मन्त्री धनराज गुरुङ

पोखरामा तीज सांस्कृतिक महोत्सव शुरु
पोखरा, २५ भदौ/ कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले उत्पादनलाई पर्यटन संग जोड्न सके देश विकास हुने बताएका छन् । पर्यटन विकास महिला संघ (टेवान) ले पोखरामा आयोजना गरेको तीज सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै मन्त्री गुरुङले तीज मनाउने तरिका बद्लिएको र परिस्कृत ढंगबाट तीज मनाउने प्रयास टेवानले गरेको उनको भनाई छ । तीजलाई स्थानीय उत्पादन संग जोड्ने प्रयास नै बदलियो परम्परा बन्न थालेको बताए । कार्यक्रममा गण्डकी प्रदेशकी सांसद सरस्वती गुरुङले हिमाल, पहाड र तराइलाई पोखरामा भएको तीज… पुरा पढौ