#जिल्ला प्रहरी कार्यालय कास्की

लेकसाइडमा पर्यटकलाई दुःख दिने ६ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्की
पोखरा, १८ माघ/ पोखराको लेकसाईडमा पर्यटकलाई दुःख र हैरानी दिएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । मंगलबार बेलुका करिब ८ बजेको समयमा पोखरा ६ लेकसाइडको हल्लनचोक एरियामा पर्यकटहरुलाई दुःख दिने, बाटो छेक्ने, निजहरुको व्याग तान्ने, होटल मिलाई दिन्छौ भनी पैसाको बार्गेनिङ गर्दै गरेको आरोपमा पक्राउ गरिएको हो । उनीहरुलाई प्रहरीले सार्वजनिक स्थानमा होहल्ला गरी अशान्ति मच्चाउने कार्य गरेको भन्ने आरोप लगाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पोखराका सुदिप अर्याल, सन्दिप गिरी, सुमन शर्मा, नेत्र… पुरा पढौ

जिल्ला प्रहरी कार्यालय कास्कीमा पुस्तकालय

जिल्ला प्रहरी कार्यालय कास्कीमा पुस्तकालय
पोखरा, १४ असार/ जिल्ला प्रहरी कार्यालय कास्कीमा पुस्तकालय स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले आफ्नो परिसर भित्रै पुस्तकालय स्थापना गरेको हो । पुस्तकालयको नेपाल प्रहरीका बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कृष्णप्रसाद शर्मा, प्राध्यायक त्रय डा.कुसुमाकर न्यौपाने, कपिल अधिकारी र सरोज कोईरालाले संयुक्त रुपमा उद्घाटन गरे । आफ्नै पहलमा पुस्तकालय स्थापना गरिएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रमेश थापाले बताए । पुस्तकालयसँगै कफी जोनपनि राखिएको उनले बताए । जहाँ पुस्तक अध्ययन गर्नेहरुले कफीको स्वाद लिन सक्नेछन् । समाजलाई प्रहरीसँग… पुरा पढौ