पोखरा, २० मंसिर/ सार्वजनिक किरियापुत्री भवनमा जातीय विभेद गरेको भन्दै जिल्ला अदालत कास्कीले तीन जनालाई कैद र जरिवान तोकेको छ । पोखरा १६ बाटुलेचौरमा किरियापुत्रीमाथि विभेद गर्ने तीन जनालाई जनही एक वर्ष कैद, ५० हजार जरिवाना र पीडितलाई एक लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको हो । जिल्ला अदालत कास्कीका न्यायाधीश अवनी मैनाली भट्टराईको ईजलासले सोमबार पीडक देववहादुर थापा, रामवहादुर जिसी र जनक क्षेत्रीलाई कार्वाहीको फैसला सुनाइन् । न्यायाधीश भट्टराईले जातिय तथा अन्य छुवाछुत र भेदभाव (कसुर र सजाँय ) ऐन…
पुरा पढौ