#कृष्णचन्द्र पोखरेल

मतदानमा सहभागी हुन गण्डकीका मुख्यमन्त्री पोखरेको अपिल

पोखरा, २७ वैशाख/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै, कसैको प्रभावमा नपरी स्वतन्त्ररुपमा योग्य उम्मेदवारको छनौटका लागि मतदानमा संलग्न हुन सम्पूर्ण प्रदेशवासीमा अपिल गरेका छन् । स्थानीय तह निर्वाचन २०७९ का सन्दर्भमा मंगलबार आह्वान पत्र जारी गर्दै मुख्यमन्त्री पोखरेलले भनेका छन्, ‘ हाम्रो मत नै मुलुक रुपान्तरणको आधार भएकाले मतदानको अधिकार विवेकपूर्णरुपमा प्रयोग गर्नुहुनेछ भन्नेमा विश्वस्त छु ।’स्थानीय तह जनताको समीपमा रहेर जनताको हेरक गतिविधिमा साथ दिने सरकार हो भन्दै मुख्यमन्त्री पोखरेलले लोकतन्त्रमा विश्वास गर्ने,… पुरा पढौ

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको मजबुत पक्षः मुख्यमन्त्री पोखरेल

पोखरा, २० वैशाख/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्वतन्त्र पत्रकारिता लोकतन्त्रको सबैभन्दा ठूलो उपलब्धि रहेको बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवस २०२२ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको मजबुत र सुन्दर पक्ष रहेकाले यसको जगेर्नाका लागि सबै पक्ष अग्रसर हुनुपर्ने बताएका हुन् । नेपालको सन्दर्भमा लोकतन्त्र स्थापनाका लागि पत्रकार र पत्रकारिता जगतको अतुलनीय योगदान रहेको विषयस्मरण गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको महत्व र विशेषता उजागर गरी यसलाई थप संस्थागत गर्न… पुरा पढौ

नयाँ वर्षमा मुख्यमन्त्री पोखरेलको शुभकामना

पोखरा, १ बैशाख/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्थानीय तह, प्रदेश र संघ सरकारबीचको सम्बन्ध अझ मजबुत बनाउन सकेमा मुलुकको समृद्धि सम्भव रहेको बताएका छन् । नयाँ वर्ष विसं २०७९ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले कार्य सम्पादनका क्रममा भएका कमजोरीमाथि समीक्षा गर्दै प्रदेशको समृद्धिका लागि चाल्नुपर्ने कदमका बारेमा आम नागरिकको सुझाव र सल्लाहको अपेक्षा समेत प्रदेश सरकारले गरेको उल्लेख गरेका छन् । प्रभावकारी सेवा प्रवाह तथा सुशासन प्रदेश सरकारको पहिलो शर्त हो भन्दै मुख्यमन्त्री पोखरेलले संघीयताको… पुरा पढौ

संघीयता मजबुत पार्न प्रदेशलाई अधिकार र स्रोत देऊ : मुख्यमन्त्री पोखरेल

काठमाडौं,  १५ चैत । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघीयतालाई मजबुत पार्न प्रदेश सरकारलाई स्रोत र साधनयुक्त बनाउनु पर्ने भन्दै यहाँका सम्भावित उद्योगहरुको सञ्चालनमा संघ सरकारको ध्यानाकर्षण गराएका छन् ।मंगलबार काठमाडौंमा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ४९ औं बैठक मुख्यमन्त्री पोखरेलले विकास निर्माण अन्य क्षेत्रमा झेल्नु परेका समस्याहरु उठान गरेका छन् । प्रदेश विकास समस्या समाधान समितिको बैठकबाट राष्ट्रिय विकास समस्या समाधान समितिमा पेस गर्न निर्णय भएका विषयहरुलाई नै मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्रीसहित अन्य प्रदेशका मुख्यमन्त्री… पुरा पढौ