पोखरा, 3० असोज/ जिल्ला प्रहरी कार्यालय कास्कीले कास्की कारागारबाट फरार रहेका ८१ जना कैदी तथा थुनुवाहरूलाई पक्राउ गरेको छ । भदौ २३ र २४ गते आन्दोलन, तोडफोड तथा आगजनीका घटनापश्चात् कास्की कारागारबाट विभिन्न मुद्दामा थुनामा रहेका कैदीहरू फरार भएका थिए। त्यस पश्चात् कारागार विभागले असोज २० गतेसम्म स्वस्फूर्त रुपमा फर्किन अपिल गरेको थियो। सो म्यादसम्म कारागार नफर्किएका फरारलाई खोजतलास गरी पक्राउ गर्ने कार्य तीव्र पारिएको कास्की प्रहरीले जनाएको छ। प्रहरीको सक्रियता र अनुसन्धानपछि विभिन्न स्थानहरूबाट पक्राउ गरिएका कैदी र थुनुवाहरूलाई…
पुरा पढौ