पोखरा, १८ चैत/ तेस्रो एशिया ट्रायथोलन कपको उपाधि पुरुष तर्फ लक्जम्बर्गका बब हलेरले जितेका छन् । उनले ५५ मिनेट ५५ सेकेण्डमा पौडी, साईक्लिङ र दौड पुरा गर्दै च्याम्पियन बनेका हुन् । स्प्रिन्ट विधा तर्फ आयोजित प्रतिस्पर्धामा उज्वेकिस्तानका अलेक्सान्डर कुुरिसभ केवल दुुई सेकेण्डले पछि पदैै उपविजेता बने । उनले ५५ मिनेट ५७ सेकेण्डको समयमा पुरा गरे । नेपाल ट्रायथोलन संघको आयोजनामा शनिबार पोखरामा भएको प्रतियोगितामा खेलाडीले ७ सय ५० मिटर पौडी, २० किलोमिटर साईक्लिङ र ५ किलोमिटर दौड पुरा गरेका छन्…
पुरा पढौ