#आहा रारा पोखरा गोल्ड कप

आयोजक सहारा क्लबलाई हराउदै पुलिसको विजयी शुरुवात

आयोजक सहारा क्लबलाई हराउदै पुलिसको विजयी शुरुवात
पोखरा, २२ माघ/ पोखरामा सहारा क्लबको आयोजनामा २४ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको प्रतियोगिता शुरु भएको छ । आयोजक सहारा क्लबलाई उदघाटन खेलमा निराश बताउदै नेपाल पुलिस क्लबले १–० गोलले हरायो । खेलको पहिलो हाफमा कर्नर बलबाट भएको गोलले पुलिसले गोल गरेको हो । नेपाल पुलिस क्लबले ३७ औं मिनेटमा पाएको कर्नरलाई उज्वल राईले प्रहार गर्दै गोल गरे । उनको प्रहार सिधै सेकेण्ड बारमा जाली चुम्यो । उनको त्यो नै प्रतियोगिताको पहिलो र निर्णायक गोल बन्यो । उनी खेलको… पुरा पढौ

आहा रारा पोखरा गोल्ड कपको तयारी पूरा, उद्घाटन खेलमा आयोजक र पुलिस भिड्ने

आहा रारा पोखरा गोल्ड कपको तयारी पूरा, उद्घाटन खेलमा आयोजक र पुलिस भिड्ने
पोखरा, २० माघ/ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणको सबै तयारी पूरा भएको छ । आयोजक सहारा क्लब पोखराले आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर तयारीको बारेमा जानकारी गराएको छ । आहा रारा गोल्डकपको ट्रफी, व्यक्तिगत अवार्ड र आयोजकले गोल्डकपमा प्रयोग गर्ने जर्सी सार्वजनिक गरेको छ । प्रतियोगिता मंगलवार पोखरा रंगशालामा सुरु हुनेछ । उद्घाटन खेल आयोजक सहारा क्लब र आठ पटकको च्याम्पियन नेपाल पुलिस क्लबबीच हुनेछ । १२ टोलीको सहभागिता रहने प्रतियोगितामा उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी सहित… पुरा पढौ