पञ्चासे र सिद्ध बराह ठुलाखेतमा बालाचतुर्दशी मेला

-


     क्लिक गण्डकी     
     मंसिर २५ गते २०८० मा प्रकाशित


पोखरा, २५ मंसिर/ कास्कीको धार्मिक पर्यटकीय स्थल पञ्चासेमा बालाचतुर्दशी मेला तथा भलिबल प्रतियोगिता भएको छ । त्यसै गरी पोखरा २३ ठुलाखेतमा रहेको सिद्धबराहमा बालाचतुर्दशी मेला लागेको छ ।

पञ्चासे आदर्श क्लबको आयोजनामा १२ औं पञ्चासे बालाचतुर्दशी मेला तथा वडा स्तरिय भलिबल प्रतियोगिता सञ्चालन गरेको छ ।

भलिबल प्रतियोगिताको प्रथम हुने टिमले नगद ७७ हजार रुपैयाँका साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक आयुष गुरुङले जानकारी दिए ।

त्यस्तै दोस्रो हुने टिमले नगद ४४ हजार रुपैयाँका साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । जैविक विविधताको धनी पञ्चासे क्षेत्रमा बाला चतुर्दशीका दिन सतबिज छर्ने भक्तजनको भिड लागेको छ ।



Tags: