नेपाली युवा उधमी मञ्च पोखराले भूकम्प पिडितलाई सहयोग गर्न चेक हस्तान्तरण

-


     क्लिक गण्डकी     
     कार्तिक २१ गते २०८० मा प्रकाशित


नेपाली युवा उधमी मञ्च पोखराले भुकम्प पिडितलाई सहयोग गर्न चेक हस्तान्तरण

नेपाली युवा उधमी मञ्च पोखराले भुकम्प पिडितलाई सहयोग गर्न चेक हस्तान्तरण

पोखरा, २१ कात्तिक/ नेपाली युवा उधमि मञ्च पोखराले भूकम्पद्वारा प्रभावित क्षेत्र जाजरकोट र पश्चिम रुकुम जिल्ला स्थित तत्काल राहतको लागि चेक हस्तान्तरण गरेको छ ।

मञ्चले गण्डकी प्रदेश मुख्यमन्त्री सुरेन्द्राराज पाण्डे र प्रदेशसभा सदस्य बिन्दु कुमार थापालाई नगद २ लाखको चेक प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी चेक हस्तान्तरण गरेको हो।

नेपाल सरकारद्वारा राहत सहयोगको लागी एकद्वार प्रणालि सिस्टम लागु गरे संगै मञ्चले प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरेको मञ्चका अध्यक्ष निरन केसिले जानकारी दिए ।

सरकार द्वारा राहत सहयोगको लागि लागू गरिएको एकद्वार प्रणालिको प्रशंसा गर्दै सरकारले पनि भुकम्प पिडितहरुको लागी तिब्र र तदारुपताका साथ राहत सामाग्री व्यवस्थापन गर्ने अपेक्षा व्यक्तगरे । सरकारसंग हातेमालो गर्न यस संस्था कटिवद्द रहेको जनाएको छ ।



This will close in 10 seconds