पोखरामा प्याराग्लाइडिङ पाईलटहरूको मापसे जाँच

-


     क्लिक गण्डकी     
     कार्तिक १६ गते २०८० मा प्रकाशित


पोखरामा प्याराग्लाइडिङ पाईलटहरूको मापसे चेक जाँच

पोखरामा प्याराग्लाइडिङ पाईलटहरूको मापसे चेक जाँच

पोखरा, १६ कात्तिक/ कास्कीले प्रहरीले प्याराग्लाइडिङ पाईलटहरूको मादक पदार्थ सेवन मापसे चेक गरेको छ ।

प्याराग्लाइडिङ संचालनको क्रममा हुन सक्ने सम्भावित दुर्घटना न्यूनिकरणको लागि मापसे चेक गरेको जनाएको छ ।

वडा प्रहरी कार्यालय बैदामको टोलीले पोखरा महानगरपालिका वडा नम्बर २३ पामे स्थितमा प्याराग्लाइडिङ ल्याण्डिङ गर्ने स्थानमा प्याराग्लाइडिङ पाईलटहरूले मादक पदार्थ सेवन गरेरनगरेको चेक जाँच गरेको हो ।

चेक जाँचमा कसैले पनि मापसे नगरेको नभेटिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले उनीहरुलाई सुरक्षाका बारेमा समेत जानकारी दिएका थिए ।