मूल्य घट्यो डिजेल र मट्टीतेलको, पोखरामा कति

-


     क्लिक गण्डकी     
     कार्तिक १४ गते २०८० मा प्रकाशित


नेपाल आयल निगम

पोखरा, १४ कात्तिक/ नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले लिटरमा ४ रुपैयाँले घटाएको छ ।

भारतीय आयल कर्पोरेसनबाट घटेर नयाँ मूल्य आएपछि डिजेलको मूल्य घटाइएको निगममा प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । घटेको मूल्य मंगलबार रातिदेखि लागु उनले बताए ।

पोखरामा डिजेल र मट्टीतेलको उपभोक्ता मूल्य प्रतिलिटर १६४ रुपैयाँ प्रतिलिटर कायम भएको छ । पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आए पनि पेट्रोल र खान पकाउने ग्याँसको मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ ।