
नेपाल आयल निगम
पोखरा, ३० भदौ/ नेपाल आयल निगमले शुक्रबार राति देखी पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । निगमले पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टितेलमा ३ रुपैयाँ बढाएको छ ।
अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १७९ रुपैया ५० पैसा, दोस्रो वर्गमा १८१ र तेस्रो वर्गमा १८द्द रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १६७ रुपैया ५० पैसा, दोस्रोमा १६९ र तेस्रो वर्गमा १७० रुपैयाँ कायम भएको छ ।
एलपी ग्यासको मूल्य प्रतिलिण्डिर १८९५ मै कायम रहेको छ । पोखरामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८२, डिजेल र मट्टितेलको मूल्य १ सय ७३ पुगेको छ । पोखरा सहित काठमाडौं र दिपायल तेस्रो बर्गमा पर्दछन् ।
पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगंज, झलबारी, नेपालगञ्ज, धनगढी र वीरगंज पर्दछन् । त्यसै गरी दोस्रो वर्गमा सुर्खेत र दाङ पर्दछन् ।





