
पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटबाट देखीएको फेवाताल र पोखराको दृश्य
पोखरा, २५ जेठ/ केही दिन देखी देशभर अचाक्ली गर्मी बढेको छ । देशका विभिन्न ठाउँमा ४० डिग्रिमाथी तापक्रम मापन भएको छ । पोखरामा पनि तापक्रम बढेको छ ।
मनसुन भित्री नसक्दा नेपालमा गर्मी बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सोमबार देखि बढेको तापव्रmम केहिदिन रहिरने विभागले जनाएको छ ।
बङ्गालको खाडीबाट मनसुनी रेखा नेपालतर्फ नआएका कारण केही दिन तापक्रम अझै बढ्ने विभागको अनुमान छ । गर्मी बढे सँगै दिउँसोको समयमा बजारको चलहपहल कम हुने गरेको छ । पोखरामा बिहीबार अधिक्तम ३५.७ र न्युतनम २१.१ डिग्री सेल्सियस मापन भएको छ । अधिक्तम तापक्रम ३५.७ डिग्री सेल्सियस पोखरामा केही वर्ष यता कै बढि तापक्रम हो ।
जल तथा मौसम विज्ञान कार्यालय पोखराका अनुसार पोखरामा २०७९ असार ३१ र २०१९ को अगष्ट १४ मा पोखराको तापक्रम ३५ डिग्री सेल्सियस पुगेको थियो । त्यसै गरी २०१६ को मे १ तारिखमा पोखराको तापक्रम ३४.८ डिग्री थियो । त्यस्तै २०२० को अगष्ट ५ र २०२१ को मे २४ मा पोखराको तापक्रम ३४.७ डिग्री थियो ।
पोखराको तापक्रम सबैभन्दा बढी यसअघि सन् १९७५ अप्रिल ८ मा ३७.४ डिग्री पुगेको थियो । त्यस्तै १९९२ को अप्रिल २२ मा पनि पोखराको तापक्रम ३७.४ डिग्री पुगेको थियो ।
विभागका अनुसार यो वर्ष रौतहटको गौरमा ४३.३ डिग्रिको उच्च तापव्रmम रेकर्ड भएको छ भने भन्दा कम अधिकतम मनाङको हुम्देमा १९ डिग्री सेल्सियस रहेको छ ।





