अवरूद्ध पृथ्वी राजमार्ग खुल्न अझै केही घन्टा लाग्ने

-


     क्लिक गण्डकी     
     वैशाख १९ गते २०८० मा प्रकाशित


पृथ्वी राजमार्गको विमलनगर–घाँसीकुवा खण्ड फागुन १८ गतेदेखि दैनिक ४ घण्टा बन्द हुने

पृथ्वी राजमार्ग

पोखरा, १९ बैशाख/ सडक भासिएपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग खुलाउने प्रयास भइरहेको छ । धादिङको गणेशखोला माथी रहेको पुलको मुखनिर जमिन भासिएपछि सोमबारदेखि अवरूद्ध पृथ्वी राजमार्ग खुल्न अझै केही घन्टा समय लाग्ने छ ।

बिहान १० बजेसम्ममा एकतर्फी सवारी चलाउने गरी काम भइरहेको प्रहरीले जनाएको छ । १७ घन्टादेखि राजमार्ग अवरूद्ध हुँदा साना सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गरिरहेका छन् ।

काठमाडौंबाट पोखरा र अन्य ठाउँमा जाने सवारी साधनले गल्छी–नुवाकोटको बाटो प्रयोग गरिरहेका छन् भने काठमाडौंबाट बाहिर जाने गाडी त्रिभुवन राजपथबाट हेटौंडातिर गएका छन् ।

बाटो मर्मतको काम नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डले गरिरहेको छ । अबको दुई÷तीन घण्टामा अवरुद्ध पृथ्वी राजमार्ग खुलाउने प्रयास, यात्रुले गाडीमै बसेर रात बिताए छन् ।

हिजो बेलुकादेखि नै सडक खुलाउने प्रयास भइरहे पनि साँघुरो ठाउँ भएकाले समस्या भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।



Tags: