गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिए, दुई मन्त्रीको पनि शपथ

-


     क्लिक गण्डकी     
     वैशाख १५ गते २०८० मा प्रकाशित


गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिए, दुई मन्त्रीको पनि शपथ

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिए, दुई मन्त्रीको पनि शपथ

पोखरा, १५ बैशाख/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनियताको शपथ लिएका छन् । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई शपथ गराए ।

गुरुङले पाण्डेलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा बिहीबार मुख्यमन्त्री नियुक्त गरेका थिए ।

पाण्डे कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

त्यसै गरी मन्त्रिपरिषदमा कांग्रेसकै सरस्वती अर्याल र माओवादी केन्द्रबाट सुशीला सिम्खडाले मन्त्री बनेका छन् । उनीहरुलाई प्रदेश प्रमुख प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनियताको शपथ गराए ।

सत्तारूढ दलहरुबीच भागबण्डा नमिलेका कारण उनीहरुको मन्त्रालय तोकिएको छैन ।



Tags: ,