को हुन् गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डे ?

-


     क्लिक गण्डकी     
     वैशाख १४ गते २०८० मा प्रकाशित


सुरेन्द्रराज पाण्डे

सुरेन्द्रराज पाण्डे

पोखरा, १४ बैशाख/ गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे विद्यार्थी बेलाबाटै राजनीतिमा लागेर उदाएका हुन् । २०२१ भदौ ९ गते जन्मिएका पाण्डे विद्यार्थीकलादेखि नेपाली कांग्रेसको भातृसंस्था नेविसंघमा आबद्ध थिए ।

२०३७ सालमा अमरज्योती जनता मावि गोरखाबाट एसएलसी उत्तीर्ण गरेका उनले त्रिभुवन बिश्वबिद्यालबाट स्नातक गरेका छन् ।
२०३६ सालमा नेवि संघको सदस्यता लिएर विद्यार्थी आन्दोलनमा प्रवेश गरेका थिए । उनी २०३९ सालमा नेबिसघ अस्कल इकाइ सचिव हुँदै २०४५ सालमा त्रिचन्द्र क्याम्पसको स्ववियु सभापति निर्वाचित भएका थिए ।

२०४९ मा नेवि संघको केन्द्रीय सदस्य समेत भएका पाण्डे २०५९ मा नेपाल तरुण दलको महासचिव बने । तेस्रो पटक नेपाली कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित उनीसँग २०७४ सालमा राष्ट्रिय सभामा सांसद रही नेपाली कांग्रेसको तर्फबाट प्रमुख प्रतिपक्ष दलको नेता बनेर काम गरेको अनुभव छ ।

२०७९ मंसिर ४ गतेको निर्वाचनबाट उनी गोरखा २ (ख) मा गठबन्धनको उम्मेदवार बनेर जितेका हुन् । राजनीतिक संघर्षका क्रममा २०४५ साल, शाही शासन २०६१ सालमा गरी झण्डै ८ महिना भन्दा बढी समय जेल जीवन बिताएका छन् ।

पाण्डे गोरखा क्षेत्र नम्बर २ मा संघीय क्षेत्रमा एकल सिफारिस भएका पाण्डे कांग्रेस र माओवादीको चुनावी तालमेल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा आउने भएपछि मुख्यमन्त्री बन्ने योजना सहित प्रदेशबाट उमेद्वार बनेका थिए । पाण्डे हाल कांग्रेस गण्डकीको संसदीय दलको नेता हुदै मुख्यमन्त्री नियुक्त भए ।



Tags: ,