गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

-


     क्लिक गण्डकी     
     वैशाख १४ गते २०८० मा प्रकाशित


गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

पोखरा, १४ बैशाख/ गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । पाण्डेले आजै प्रदेश प्रमुख समक्ष बहुमत सहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

उनलाइ संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरे ।

पाण्डेलाई कांग्रेसको २७, माओवादीको ७ र १ स्वतन्त्र सहित ३५ सांसदको समर्थन छ । प्रदेश प्रमुखले मंगलबार संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका थिए ।

मुख्यमन्त्री नियुक्ती भएपछि आण्डेले अहिलेको गठबन्धन प्रदेशसभाको अवधिभर रहने बताउदै सरकार आलोपालो गरेर चलाउने बताए । उनले छिटै मन्त्रिपरिषदलाई पूर्णता दिने र सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्ने बताए । मन्त्रिपरिषद ७ सदस्यीय भन्दा नबढ्ने पनि पाण्डेले बताए । प्रदेशलाई आत्मनिर्भर बनाउने र रोजगारी बढाउने खालका कार्यक्रमहरु बजेटमा समेट्ने बताए ।

गण्डकीको नेतृत्वमा माओवादीले पनि दाबी थियो । तर केन्द्रबाट नै पहिलो कार्यकाल कांग्रेसले नेतृत्व गर्ने निर्णय पठाए पछि माओवादिले कांग्रेसका पाण्डेलाई समर्थनको हस्ताक्षर बुझाएका हुन् । माओवादीबाट दलका नेता हरिबहादुर चुमानले मुख्यमन्त्री दाबी गरेका थिए । चुमानले आलो पालो गरेर सरकार चलाउने बताउदै कसले कति बर्ष चलाउने भन्ने निर्णय भैनसकेको बताए ।

यसअघि खगराज अधिकारी नेतृत्वको सरकार १०५ दिनमै ढलेको थियो । पाण्डेले शपथ शुक्रबार लिने तयारीमा छन् । गण्डकी प्रदेशमा नेपाली काग्रेसका २७, नेकपा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र एक जना सांसद रहेका छन् ।



Tags: ,