
अन्जन श्रेष्ठ
पोखरा, ३० चैत/ नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्वाचित भएका छन् । बुधबार सम्पन्न महासंघको निर्वाचनमा श्रेष्ठले ३७.९९, उमेशलाल श्रेष्ठले ३१.५५ र रामचन्द्र संघईले ३०.४६ प्रतिशत मत ल्याएका थिए ।
पहिलो र दोस्रो हुनेबीच सहमति गरेर अन्जन वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् ।
पूर्व अध्यक्षहरू, वर्तमान वरिष्ठ उपाध्यक्ष तथा भावी अध्यक्ष चन्द्र ढकाल लगायत संगको छलफलमा अन्जनलाई छोड्न उमेश सहमत भएका हुन् ।
बुधबार भएको निर्वाचनमा तीन उपाध्यक्षसहित सात प्रदेश सदस्य, १८ र जिल्लानगर सदस्य, १४ वस्तुगत सदस्य, १९ एसोसिएट सदस्य निर्वाचित भइसकेका छन ।
जिल्लानगर र एसोसिएट उपाध्यक्षमा संघई समूहका सुरकृष्ण वैद्य र ज्योत्सना श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ समूहका हेमराज ढकाल विजयी भएका छन् । अन्जन पोखराबाट अघि बढेका व्यावसायिक घराना लक्ष्मी ग्रुपका सदस्य हुन् ।





