२०८० सालमा सार्वजनिक बिदा (सूचीसहित)

-


     क्लिक गण्डकी     
     चैत्र ३ गते २०७९ मा प्रकाशित


सार्वजनिक बिदा

पोखरा, ३ चैत/ सरकारले २०८० सालमा देशभर लागू हुने गरी सार्वजनिक विदा किटान गरेको छ । बिहीबार राजपत्रमा प्रकाशित सूचना अनुसार विभिन्न चाडपर्व, दिवस र जन्मजयन्ती गरी ३५ दिन बिदा दिइएको छ ।

शनिबार सहित ८७ दिन सबैलाई बिदा हुने छ भने समुदाएकालाई अझ बढि हुनेछ । जसमा सबैभन्दा लामो दशैंमा ६ दिन र तिहारमा ५ दिन बिदा दिइएको छ ।

सरकारले २७ पुसमा पृथ्वी जयन्ती र १ फागुनमा जनयुद्ध दिवसको विदा पनि कायम गरेका छ । देशभर लागू हुने सार्वजनिक बिदाबाहेक काठमाडौं उपत्यकामा गाइजात्रा, घोडेजात्रा, मत्येन्द्रनाथको भोटो देखाउने जात्रा र इन्द्रजात्रामा सार्वजनिक बिदा दिइएको छ ।

देशभर महिलाहरुका लागि तिज र जितिया पर्वमा बिदा दिइएको छ । फाल्गुनन्द जयन्ती, गुरु नानक जयन्ती र मोहम्मद जयन्तीमा सम्बन्धित समुदायलाई बिदा दिइएको छ ।

सार्वजनिक बिदा
सार्वजनिक बिदा
सार्वजनिक बिदा
सार्वजनिक बिदा



Tags: