फेवातालमा हावाहुरीले डुङ्गा पल्टियो

-


     क्लिक गण्डकी     
     फागुन २० गते २०७९ मा प्रकाशित


पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटबाट देखीएको फेवाताल र पोखराको दृश्य । तस्बिरः सागर राज तिमिल्सिना

पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटबाट देखीएको फेवाताल र पोखराको दृश्य

पोखरा, २० फागुन/ फेवातालमा शनिबार दिऊसोको हावाहुरीले डुङ्गा पल्टिदा एक जना महिला डुबेकी छन् । उनको उद्धार गरेको पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगिएको प्रहरीले जानकारी दिएको छ ।

एउटा डुङ्गामा उनी मात्रै रहेको उनलाई शसस्त्र प्रहरीको टोलीले उद्धार गरेर लगेको थियो । उनको अहिले उपचार भईरहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

अर्को एउटा डुङ्गा पनि पल्टिएको थियो । त्यसमा रहेका चार जना युवाको सकुशल पौडी खेलेर निस्किएका छन् ।