पर्यटन व्यवसायी नरेश भट्टराईलाई पितृशोक

-


     क्लिक गण्डकी     
     माघ २१ गते २०७९ मा प्रकाशित


हरिकृष्ण भट्टराई

हरिकृष्ण भट्टराई

पोखरा, २१ माघ/ पोखराका पर्यटन व्यवासायी नरेश भट्टराईलाई पितृशोक परेको छ । उनका बुवा हरिकृष्ण भट्टराईको शनिबार बिहान निधन भएको हो ।

रेवान पोखराका अध्यक्ष तथा होटल माउण्ट कैलाश रिसोर्टका सञ्चालक नरेश भट्टराईको बुवा हरिकृष्ण भट्टराईको निधप्रति विभिन्न संघ सस्थाले दुःख व्यक्त गरेका छन् ।

दुखद घडिमा मृत आत्माको बैकुण्ठ वासको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्न सक्ने शक्ति प्रदान होस भनी कामना गरेका छन् । हरिकृष्ण भट्टराईको आज नै रामघाटमा अन्त्यष्टि गर्ने परिवारले जनाएको छ ।